श्रीमती हत्या प्रकरणः दोषीलाई कानुन बमोजिम कारवाही गर्न मानवअधिकारकर्मीको माग

असार १९, रेखदेख संवाददाता । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ टाटागाउँमा भएको घटनाको ध्यानाकर्षण भएको भन्दै जिल्ला स्थित मावअधिकारकर्मीहरुले घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग गरेका छन् । बिहीबार मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले संयुुक्त विज्ञप्ती जारी गर्दै दोषीलाई सम्बधित निकाय समक्ष कानुनी कारवाही गर्न माग गरेका हुन् ।

अन्तर पार्टी महिला संजाल रुकुम पश्चिमकी अध्यक्ष अन्जना केसी विसी, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सचिव दिपेन्द्र महतारा, महिला मानव अधिकार रक्षक संजाल रुकुम पश्चिमकी अध्यक्ष ब्यूँझना पुन देवकोटा, मानव अधिकार संजाल रुकुम पश्चिम अध्यक्ष नर बहादुर लम्साले संयूक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ती निकालेका छन् । त्यस्तै बालबिबाह बिरुद्धको साझा अभियान संजाल रुकुम पश्मि अध्यक्ष गोकर्ण खड्का, हरप्लेस नेपाल रुकुम पश्चिमका अध्यक्ष सुनिता विएम र युवा मानव अधिकार संजाल रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीले पनि संयूक्त रुपमा हस्ताक्षर गरेर हत्याको घोर भत्र्सना गर्दै घटनामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

गत मंगलबार वडा नम्बर ३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नै ३० वर्षीया श्रीमती देवीका बुढाथोकीलाई आफ्ना अवोध छोरा छोरीको अगाडीबाट रातको दश बजे घरभित्रबाट खेतबारीसम्म क्रुरता पुर्ण ढङ्गबाट लखेटी लखेटी हत्या गरेका थिए । भने खुकुरीले दुबै हात टुक्रा पारे पश्चात घाटी रेटेर विभत्स तरिकाले हत्या गरको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *