सानीभेरीको बजेट ५४ करोडको बजेट

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को लागि करिब ५४ करोडको कार्यक्रम तथा बजेट ल्याएको छ ।

मंगलबार भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कमला रोकाले कुल ५३ करोड़ ९७ लाख ७ हज़ारको बजेट सभामा पेश गर्नुभएको छ ।

उक्त बजेटमा चालु तर्फ ३९ करोड ३३ लाख ९२ हज़ार ४३२ अर्थात ७२.८९ प्रतिशत र पुँजिगत तर्फ १४ करोड ६३ लाख १४ हजार ५६७ अर्थात २७.११ प्रतिशत रहेको छ ।

गाउँपालिकाले कृषि उत्पादन, पूर्वाधार निर्माण, भूकम्प पश्चातको पुनर्निर्माण, सुशासन शिक्षा लगायतलाई जोड दिएर कार्यक्रम तथा बजेट ल्याएको छ ।
सभामा पेश भएको बजेठ उपर आवश्यक छलफल भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *