मुसिकाेट नगरपालिकामा लाेकतान्त्रिक खेलकुद संघ गठन

रेखदेख संवाददाता
चैत ७, रुकुम । रुकुम पश्चिममा नेपाली काँग्रेसकाे भातृ संस्था लाेकतान्त्रिक खेलकुद संघ मुुसिकाेट नगरपालिकामा गठन गरिएकाे छ । नेपाली काँग्रेस रुकुम पश्चिमकाे बिपि स्मृति भवनमा बिहीबार भएकाे भेलाले राजु थापाकाे अध्यक्षतामा ६१ सदस्यीय  मुसिकाेट नगरपालिकामा नयाँ कार्समिति गठन गरिएकाे हाे ।
जसमा उपाध्यक्ष रामकुमारी पुन, प्रेेमकुुमार पुन, सचिब मनाेहर ढकाल, सहसचिव राफी तुलाचन, काेषाध्यक्ष केशव खड्का चयन भएका छन ।
कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेेमप्रकाश ओली, लाेकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशका सदस्य यदु कुमार आचार्य, उपसभापति हर्कसिह खत्री सहसचिव यज्ञ बिष्ट, काेषाध्यक्ष माेहबिर खड्का नगर सभापति प्रेेमबहादुर ओली, रहेकाे नेपाली काँग्रेस मुसिकाेट नगर सचिब सुर्यप्रकाश शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *