विवादित पत्रकार महासंघसंग सहकार्य नगर्न पेशागत संगठनहरुको आग्रह
विवादित पत्रकार महासंघसंग सहकार्य नगर्न पेशागत संगठनहरुको आग्रहरेखदेख संवाददाता
चैत ५ रुकुम पश्चिम ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम विवादीत भएकोले कुनैपनि सहकार्य नगर्न पेशागत संगठनहरुले आग्रह गरेका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा रुकुम पश्चिम, प्रेस चौतारी र समाजवादी प्रेस संगठन रुकुम पश्चिमले सामुहिक रुपमा विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ रुकुम पश्चिम विवादी भएको कुनै पनि सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई आग्रह गरेका छन् । मंगलबार बिभिन्न समस्याहरु देखाउदैं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिम कार्यलयमा पेशागत संगठनहरुले तालबन्दी समेत गरेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम (पश्चिम) मा विद्यमान समस्याहरुको बारेमा पेशागत संघ संगठनहरुले २०८१ फागुन २५ गते सामूहिक छलफल गरी पत्रकार महासंघ रुकुम पश्चिमको विवादित विषयहरु ‘सदस्यता शुद्धिकरण तथा सिफारिस, नेपाल पत्रकार महासंघ भित्रको आर्थिक पारदर्शिता, समानुपातिक विज्ञापन प्रर्णाली, पत्रकार आंचार सहिता र पत्रकार महासंघ सबैको महासंघ बनाउनको संयुक्त प्रेस वक्तव्य मार्फत गरेको आह्वान र अनुरोधलाई नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले गरेको आनाकानी, वेवास्ता र समस्या समाधान गर्न गरेको उदासिनताप्रति तीन वटा संगठनहरुले गम्भीर रुपमा ध्यानार्कषण भएको विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
हामीले एकहप्ताको समय सिमाभित्र नेपाल पत्रकार महासंघ रुकुम पश्चिमलाई उठान गरिएका समस्या समाधानका लागि वार्ता, छलफल र संवादबाट टुंग्याउन प्रयास गर्यौं, तर प्रयासहरु सफल भएनन् । हामी सहयोग गर्छौं भन्दा(भन्दै नेपाल पत्रकार महासंघ रुकुम पश्चिम भित्रको दम्भ र पत्रकार महासंघ रुकुम पश्चिमलाई एकलौटी र मनपरी चलाउन खोज्नु र पटक(पटक बैठक आयोजना गरेर पनि अध्यक्ष स्वयम उपस्थित नहुनुले पत्रकार महासंघ रुकुम पश्चिम भित्रको समस्या र ज्यादती छताछुल्ल भएको छ । पत्रकार महासंघ रुकुम पश्चिमको पछिल्लो गतिविधीले पत्रकाहरुमा समेत नैरश्यता उत्पन्न भएको विज्ञप्तीमा जनाएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिम भित्रको सबै समस्याहरु समधान नहुञ्जेलको लागि हामी तिन वटै संगठनहरु नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पश्चिमको सम्पर्क कार्यालयमा तालाबन्दी गर्न बाध्य भएका छौं ।

यसबाट पर्ने असुविधाप्रति हामी क्षमा चाहान्छौं । साथै यसबाट उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मा पत्रकार महासंघ रुकुम पश्चिम शाखा हुने जानकारी गराउँदछौँ । साथै हामी तिनवटै संगठनहरु अन्य पत्रकार संघ(संगठन र क्रियाशील पत्रकारहरुलाई विद्यमान समस्या समाधानको लागि गोलबद्ध भएर नेपाल पत्रकार महासंघको गरिमा बढाउन सामूहिक रुपमा आह्वान समेत गर्दछौं ।
नेपाल प्रेस युनियन रुकुमका तर्फबाट अध्यक्ष सुमित्रा केसी, अध्यक्ष प्रेस चौतारीका तर्फबाट अध्यक्ष परिचन्द्र खत्री र समाजवादी प्रेस संगठनका तर्फबाट भरत चन्दले हस्ताक्षर गरेर विज्ञप्ती जारी गरिएको छ।

