पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकाे नरपुरा बुढा बिजयी
प्रवीर ददेल
मंसिर १७, रुकुम ।
पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकाे नरपुरा बुढा बिजयी भएकी छिन ।
उनले नेपाली काँग्रेस र नेकपा एमालेकाे साझा उम्म्मेदवार केशकुमारी तुलाचनलाई १ हजार ४ सय ९९ मतले पछि पार्दै बिजयी भएकी हुन । विजयी नरपुरा बुढाले ३ हजार ६ सय २७ मत प्राप्त गर्दा उनकाे निकटतम प्रतिद्वदी नेपाली काँग्रेसकाे तर्फबाट केशकुमारी तुलाचन २ हजार १ सय २८ मत प्राप्त गरेकाे सहायक जिल्ला निर्वाचन अधिकृत ईश्वरी सुबेदीले जानकारी दिएका छन् ।
रुकुम पुर्वकाे पुथाउत्तरगंगा गाउँपालिकामा जम्मा १४ वडा रहेका छन् । जसमा १९ मतदान स्थल र २५ वटा केन्द्र रहेका थिए । जम्मा ११ हजार १ सय ८० मतदाता रहेकाे पुथाउत्तरगंगा गाउँपालिकामा उपनिर्वाचनमा मंसिर १६ गते अर्थात हिजाे भएकाे मतदानमा जम्मा ५ हजार ९ सय ३१ (५३.०५ ) प्रतिसत मत खसेकाे जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय रुकुम पुर्वले जनाएकाे छ । २०७९ सालमा भएकाे स्थानिय तहकाे निर्वाचनमा माओवादी केन्दैकाे तर्फबाट भुपेन्द्रा बुढाले ४ हजार ६१ मत ल्याएर बिजयी हुदा उनकाे निकटतम प्नतिद्न्दी नेपाली काँग्रेसकाे उम्मेदवार कमला कुमारी मल्लले २ हजार १० मत प्राप्त गरेकी थिईन। भने नेकपा एमालेकाे तर्फबाट धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेकी थिईन ।
बिजयी स्व. भुपेन्द्रा बुढाले २०८१ साल भदौ २८ गते बाग्लुङमा भएको जीप दुर्घटनामा ज्यान गुमाएकी थिईन ।