उपनिर्वाचन: पुथाउत्तरगंगा गाउँपालिकाकाे उपाध्यक्षकाे मतगणना सुरू
रेखदेख संवाददाता
मंसिर १७, रुकुम पुर्व ।
रूकुमकाे पुथाउत्तरगंगा गाउँपालिकामा मतगणना सुरू भएकाे छ । १० नम्बर वडाकाे तक स्थित पालिकाको सभा हलमा मत गणना सुरु भएको हो। १४ वडाका १९ मतदान स्थलबाट मत पेटिका पुगेपछि सर्वदलीय बैठक पश्चात मतगणना सुरू भएकाे सहायक निर्वाचन अधिकृत इश्वरी सुबेदीले जानकारी दिएका छन।
आइतबार पालिका उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा ५ हजार ९ सय ३१ जनाले मतदान गरेका थिए। जसमा महिला ३ हजार ९६ र पुरुष २ हजार ८ सय ३५ मत खसेकाे छ । यहाँ नेपाली काँग्रेस र नेकपा एमालेकी साझा उम्मेदवार केशकुमारी तुलाचन र नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा पुन बीच प्रतिस्पर्धा छ।