साँखकाे रम्माखाेला बाढीले बगाउँदा दुई जनाको मृत्यु

रेखदेख संवाददाता ।

भदाै २४ रुकुम पश्चिम

रुकुम पश्चिमममा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । रुकुम पश्चिममकाे मुसिकोट नगरपालिका ६ र ७ को सिमानामा रहेको रम्माखोलाले  मोटरसाईकल बगाउदा माेटरसाईकलमा  सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर ४ निवासी ५० वर्षीय सर्जन पुन र वडा नम्वर ६ निवासी अन्दाजी ३२ बर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो ।

रा ६ प २९६१ नम्वरको मोटरसाईकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा आईतबार बेलुका करिब साढे आठ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार  मोटरसाईकलसहित  सवार दुई जनालाई बगाउँदा दुवै जनाको मृत्यु भएको र पुरिएको अवस्थामा शव फेला परेको जनाएकाे छ । सडकदेखी महिलाकाे ३ सय मिटर तल र पुरूषकाे २० मिटर तल शब फेला परेका छ ।

आईतबार अत्याधिक बर्षाका कारण रम्माखाेलामा ठुलाे बाढी आएकाे स्थानियले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *