नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको ताला खुल्यो
भावना बुढाथोकी
रेखदेख संवाददाता ।
नेपाल पत्रकार महासंघ रुकुम जिल्ला शाखा रुकुम पश्चिमको ताला खुलेको छ । गत असार १५ गते नेपाल प्रेस युनियन जिल्ला शाखा रुकुम पश्चिमले लगाएको ताला खोलेको हो ।
नेपाल पत्रकार महासंघको सदस्यता विवादले नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिको निर्णय अनुसार गते असार १५ गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयका साथै ७७ जिल्ला शाखाहरुमा नेपाल प्रेस युनियनले तालाबन्दी गरेको थियो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रुकुमका अध्यक्ष, उपाध्यक्ष लगायत युनियनमा आवद्ध क्रियाशिल पत्रकारहरुको सदस्यता खारेजप्रति नेपाल प्रेस युनियन रुकुम पश्चिमले तालाबन्दी गर्नु परेको नेपाल प्रेस युनियन जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष सुमित्रा केसीले बताईन । उनले भनीन, “गत असार २९ नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले संयुक्त रुपमा निकालेको विज्ञप्तीमा क्रियाशिल पत्रकारहरुको सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउने सहमती भएपनि ताला खोलिएको हो ।”
नेपाल प्रेस युनियन जिल्ला शाखा रुकुम पश्चिमको आज असार ३० गते बसेको बैठकको निर्णय अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम (पश्चिम)को कार्यालयमा लगाएको ताला खोल्र्ने निर्णय गरिएको हो । पत्रकार सदस्यताको विषयमा नेपाल प्रेस युनियन रुकुम पश्चिमले आन्दोलन स्वरुप गरेको तालावन्दीका कारण पर्न गएको असुविधाप्रति क्षमता चाहान्छौं विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सदस्यता विवादकै कारण गत असार २२ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको कार्यालयमा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुमित्रा केसी, कोषाध्यक्ष रतन शाही, भावना विसी लगायतले गएर तालाबन्दी खोलेका हुन् ।

