जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा
जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्य गर्ने सहमति भएपछि जसपाले सरकारबाट समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा दिएका हुन् । यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।