नेपाल पत्रकार महासंघ रुकुम पश्चिममा तालाबन्दी

करण विक
असार १५, रुकुम ।
नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको विरुद्ध नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार देशैभरीका पत्रकार महासंघको कार्यालयमा ताला बन्दी गरिएको छ ।


नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको कार्यालयमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुमित्रा केसी, सचिव करण विक लगायत युनियनकर्मीहरु गएर तालाबन्दी गरेका हुन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष सुमित्रा केसी, उपाध्यक्ष गिता डाँगी सदस्य अनिशेष केसी लगायतको सदस्यता खारेज भएको र नेपाल पत्रकार महासंघ जिल्ला शाखा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा समेत पटक पटक ध्यानाकर्षण गराउदा समेत निर्वाचन प्रक्रिया अगाडि बढाएको र केन्द्रीय निर्वाचन समितिले समेत अन्तिम नामवली सार्वजनिक गर्दा दावि विरोधमा परेका उजुरी माथी कुनै छानविन नगरेर हुचुवाको भरमा अन्तिम नामवली सार्वजनिक गरी निर्वाचन प्रत्रिया अगाडि वढाएकोले विरोध स्वरुप पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गर्नु परेको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेल बताए । उनले भने, विवादित विषयमा पत्रकार महासंघको नेतृत्वले यथासक्य वार्ता संवादबाट निकास निकालेरर निर्वाचन प्रक्रिया अगाडि नबढाएसम्म अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष तथा महासचिवले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यन्वयन नगरी विधान अनुरुप सदस्यता नटुंग्याएर एकपक्षिय निर्वाचनय प्रक्रिया अगाडि वढाएमा थप आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने प्रेस युनियन रुकुम पीश्चमका अध्यक्ष सुमित्रा केसीले बताईन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *