करेन्ट लागेर १ को मृत्यु ३ घाईते

रेखदेख संवाददाता
असार १३, रुकुम ।
घोरुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ८ घोरखानीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । बारीमा मकै गोड्ने क्रममा केन्द्रीय प्रसारण लाइनको पोलबाट करेन्ट लागेर ६७ वर्षिय झपादेवी रोकाको मृत्युु भएको हो । अन्य ३ जना घाइते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएकको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निजरक्षक बखत शाहीका अनुसार ६० बर्षिय सुकी ओली, ३२ वर्षिय जमुना वुढा ओली र ६० वर्षिय सुशिला ओली घाईते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *