राष्ट्रिय महिला भलिबल खेलाडी प्रगतिलाई सम्मान

रेखदेख संवाददाता रुकुम ।

राष्ट्रिय महिला भलिबल खेलाडी प्रगति नाथलाई गाँउमा सम्मान गरिएकाे छ । आईतबार गृह वडा  बाँफीकाेट गाउँपालिका वडा नं. २ मा पुगेकी राष्ट्रिय  महिला भलिबल खेलाडी प्रगति नाथलाई सम्मान गरेकाे वडाध्यक्ष प्रकाश खत्रीले जानकारी दिएका छन् ।

उनले भने, दुर्गम  गाउँ ठाउँमा  जन्मिएर राष्ट्रिय भलिबल खेलाडीकाे रुपमा  छनाेट भई उत्कृष्ट खेल प्रर्दशन खेलेकाे भन्दै वडा कार्यालयले सम्मान गरेकाे हाे । वडाले प्रगतिकाे खेल क्षेत्रमा प्रगतिकाे कामना समेत गरेकाे छ । वडाध्यक्ष प्रकाश खत्रीले सम्मान पत्र सहित दाेसल्लाले सम्मान गरेकाे जनाएकाे छ ।

राष्ट्रिय महिला भलिबल खेलाडी प्रगति नाथ नागरिकता बनाउने  सिफारिसकाे लागि गृह वडामा पुगेकी थिईन । आईतबार वडाले नागरिकताकाे लागि सिफारिस गरेकाे र साेमबार नागरिक बनाएर प्रगति संघीय राजधानि काठमाडौ जाने कार्यक्रम रहेकाे छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *