दमौली–कुस्मा– बाँफिकोट ४०० के. भी. प्रसारण लाइन तथा सम्बन्धित सबस्टेशन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (IEE)को मस्यौदा प्रतिवेदन माथि सार्वजनिक सुनुवाइ सम्बन्धी सुचना
दमौली–कुस्मा– बाँफिकोट ४०० के. भी. प्रसारण लाइन तथा सम्बन्धित सबस्टेशन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (IEE)को मस्यौदा प्रतिवेदन माथि सार्वजनिक सुनुवाइ सम्बन्धी सुचना
प्रथम पटक प्रकाशित मिति २०८०÷०२÷१५
यस प्रस्तावित दमौली–कुस्मा–बाँफिकोट ४०० के.भी. प्रसारण लाइन तथा सम्बन्धित सबस्टेशन आयोजना गण्डकी प्रदेशको तनहुँ जिल्लाको व्यास न.पा. को वडा नं १३ बाट सुरु भई पर्वत जिल्लाको कुस्मा न.पा. को वडा नं २ को सबस्टेशन हुदै पश्चिम रुकुम जिल्लाको बाँफिकोट गा.पा. को वडा नं ९ बाँफिकोट सबस्टेशनमा अन्त्य हुनेछ । यस आयोजनामा तनहुँ जिल्लाको व्यास न.पा. वडा नं ५,१३, शुक्लागण्डकी न.पा. वडा नं २, ३, ६, ९, १२; ऋषिङ्ग न.पा. वडा नं १; म्याग्दे गा.पा. वडा नं १, ६, ७; कास्की जिल्लाको पोखरा लेखनाथ म. न.पा. वडा नं ३३; स्याङ्गजा जिल्लाको पुतलीबजार न.पा. वडा ५, ६, ७; फेदीखोला गा.पा. वडा नं २, ३, ४, ५; आँधीखोला गा.पा. वडा नं ३, ४, ५; पर्वत जिल्लाको कुस्मा न.पा. वडा नं २, ३, ४, ७, ८, १०, १२, १३, १४; बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग न.पा. वडा नं ९, १०,११, १२; काँठेखोला गा.पा. वडा नं ७; गल्कोट न.पा. वडा नं १, ३, ४, ८, ९, ११; बडिगाड गा.पा. वडा नं ९; ढोरपाटन न.पा. वडा नं २; निस्सिखोला गा.पा. वडा नं १, २, ३, ४, ५, ६, ९; जैमिनी न.पा. वडा नं ३; गुल्मी जिल्लाको मुसिकोट न.पा. वडा नं १, २, ८, ९; मालिका गा.पा. वडा नं १; रुकुम पूर्व जिल्लाको भुमे गा.पा. वडा नं १, २, ३, ४, ६, ८; सिस्ने गा.पा. वडा नं ३, ५, ६, ७, ८; रुकुम पश्चिम जिल्लाको मुसिकोट न.पा. वडा नं १ र बाँफिकोट गा.पा. वडा नं १, २, ३, ४, ९ हुदै प्रस्तावित बाँफिकोट सबस्टेशनमा गएर अन्त्य हुनेछ । यस प्रस्तावित दमौली कुस्मा बाफिकोट ४०० के.भी. प्रसारण लाइन तथा सम्बन्धित सबस्टेशन आयोजनाको लम्बाई २२६ किलोमिटर र विद्युत मार्गको अधिकार क्षेत्र दायाँ र बायाँ गरी २३ मिटरको रहनेछ । प्रस्तावित आयोजनाको वातावरण संरक्षण नियमावली, २०७७ अनुसार तयार पारिएको प्रारम्भिक वातावरणीय परीक्षण (IEE को मस्यौदा प्रतिवेदन माथि मिति २०८०÷०२÷२० गते शनिवार रुकुम पूर्व जिल्लाको भुमे गा.पा. वडा नं ६, मिति २०८०÷०२÷२४ गते बुधवार रुकुम पश्चिम जिल्लाको बाँफिकोट गा.पा. वडा नं ९ र कार्यालय प्राङ्गणमा बिहान ११ बजे सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने हुँदा नगरपालिका, गाउँपालिका, जिल्ला समन्वय समिति तथा सरोकारवाला व्यक्ति वा संस्थाहरुलाइ उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ।
सम्पर्क ठेगाना
नेपाल विद्युत प्राधिकरण
खरिपाटि, भक्तपुर, नेपाल
पो.ब.नं. १००२०, काठमाडौं
इमेलःinfo@nea.org.np२५६
टेलिफोन नं. ०१६६१५४५७