नेपाली काँग्रेसको संसदीयदलको नेतामा देउवा र थापाबीच प्रतिस्प्रर्धा
रेखदेख संवाददाता
पुस ५, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच संसदीय दलको नेताको रुपमा चुनावी प्रतिस्प्रर्धा हुने भएको छ । (बुधबार) भोली हुने नेपाली काँग्रेसको संसदीय दलको नेतामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी प्रतिस्प्रर्धा हुने भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट संसदीयदलको नेतामा लड्ने भएपछि इतर समूह शेखर गगनबाट महामन्त्री गगन थापा संसदय दलको नेतामा लड्ने भएका हुन् ।
सभापति देउवा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । देउवाको समर्थकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । पौडेल आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् ।
डा. शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । भने आज दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

