मतदान केन्द्रमा यी वस्तु लैजान निषेध

निर्वाचन आयोगले मतदान केन्द्रभित्र क्यामेरा, लाइटर, सलाई, मोबाइललगायत वस्तु लैजान नदिने गरी आवश्यक प्रबन्ध मिलाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

न्युज एजेन्सी नेपालसँग बुधवार कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदालाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिए ।

आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षीय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देश गरिएको छ । त्यसैगरी मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सूचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *