उम्मेदवारसँग गरिब तथा सुकुम्वासीको गुनासोः हाम्रो जिवनस्तर कहिले फेरिन्छ ?
रेखदेख संवाददाता
कार्तिक २९, रुकुम । आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार घरदैलो अभियान संगै मतदाता भेटघाटमा व्यस्त बनेका छन् । कहिल्यै भेट नहुने मतदाता सम्म पुगेर आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आह्वान गर्दै छन् । तर रुकुमका गरिब तथा भूमिहीन मतदाताले भने मत माग्न आउने उम्मेदवार आफ्नो माग पुरा गर्न माग गर्न थालेका छन् ।
रुकुम पश्चिमका भूमिहीन सुकुम्बासी तथा दैनिक ज्यालादारी गर्ने नागरिकले भने भोट माग्न आउने उम्मेदवारसंग गास, बास, कपास, शिक्षा स्वास्थ्यका साथै रोजगारीको ग्यारेन्टी गर्न माग गर्न थालेका छन् ।
दलहरु पटक पटक जनताहरु भmुक्याएर सक्तामा पुग्ने गरेपनि आफ्नो मागप्रति जिम्मेवार नभएको मुसीकोट १ का वेलमती दमाईले जानकारी दिएकी छिन् । उनले भनीन, “ सबै नेताहरु भोट माग्न मात्रै गाउँ घर छिर्ने र चुनाव जितेपछि कहिलै नफकिर्ने गरेकको उनको गुनासो छ ।” उनी जस्तै सानीभेरी गाउँपालिका ६ का नन्दराम खत्रीले पनि जनताको समस्या प्रति नेताहरु जिम्मेवार नभएको आरोप लगाएका छन् ।
एक निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्यका लागि बाम लोकतान्त्रिक गठबन्धनबाट जर्नादन शर्मा र नेकपा एमालेबाट नन्दराम देवकोटा लगायत ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यीनै दलका उम्मेदवारले चुनावी एजेन्डामा रुकुम पश्चिमको विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, सडक पूर्वाधार लगायतका कुरा उठाएका छन् । यसैबाट गरिबी र बेरोजगारी समस्याको अन्त्य भई रोजगारीको सृजना गर्न सकिने आधार रहेको प्रतिनिधी सभा सदस्यका उम्मेदवार तथा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । उनले भने, “व्यवस्था पविर्तन, भयो, संविधान परिवर्तन भयो, अव जनताको जिवस्तर परिवर्तन र समाजिक रुपान्तरणको अभियान सञ्चालन गर्ने धारणा राखेका छन् ।
निर्वाचनका बेला मात्रै मतदाता संग मत माग्ने र त्यसपछि भेटै नगर्ने दल र उम्मेदवारका कारण गरिब घरपरिवारका मतदाता अलि बढी असन्तुष्ट बनेका छन् । तरपनि देश र जनताको भविष्य कोर्ने निर्वाचनमा आफूले रोजेको उम्मेदवारलाई भोट हाल्ने पर्खाइमा यहाँका ज्याला मजदुरी गर्ने मतदातामा उत्साह छाएको छ । रुकुम पश्चिममा १ लाख ४ हजार २ सय ८० मतदाता रहेका छन् । जिल्लाभर ७६ वटा मतदान स्थल र १ सय ३९ मतदान केन्द्र रहेका छन् ।