रुकुम पश्चिम काँग्रेसले गर्यो प्रतिनिधी सभा र प्रदेश र सभाका उम्मेदवार सिफारिस
रेखदेख संवाददाता
भदौ १९, रुकुम ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी सिफारिस गरिएको छ । नेपाली काँग्रेस रुकुम पश्चिमले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहको निर्वाचनका लागि पार्टीबाट इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुकुम पश्चिमको शनिवार बसेको बैठकले एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश तर्फ दुई निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रत्यक्ष र समानुपातिक उम्मेदवार हुन इच्छुक नेताहरुको नाम सिफारिस गरेको नेपाली काँग्रेस रुकुम पश्चिमले जानकारी दिएका छन् ।
‘प्रतिनिधिसभा प्रत्यक्षतर्फ गोपाल जी जङ्ग शाह, प्रेमप्रकाश ओली र यामबहादुर केसीको नाम सिफारिस गरिएको छ । भने प्रतिनिधी सभा समानुपातितर्फ मानबहादुर नेपाली, मनिषा रोकाय भण्डारीको नाम सिफारिस भएको नेपाली काँग्रेस रुकुम पश्चिमका सचिव पमेश्वर भण्डारीले जानकारी दिएका छन् । शुक्रवार नेपाली काँग्रेस प्रदेश सभा समिति ‘क’ को बैठक बाँफीकोट र प्रदेश सभा ‘ख’ को बैठक सिम्लीमा बसेर प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरे अनुसार नै सबै जनाको नाम जिल्ला बाट सिफारिस गरिएको छ । जसमा प्रदेश सभा ‘क’ प्रत्यक्षतर्फ कृष्णबहादुर रोकाय, हर्कसिंह खत्री र टेकबहादुर बस्नेतको नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिक तर्फ धिरेन्द्र बटाला र बालकुमारी गिरीको नाम सिफारिस गरिएको जनाएको छ ।
प्रदेश सभा ‘ख’ प्रत्यक्षतर्फ प्रेमप्रकाश ओली, खडक डाँगी, शिव आर्चाय, देबबहादुर ओली, थलबहादुर खड्का र लालबहादुर ओलीको नाम सिफारिस भएको छ ।
भने प्रदेश ख’समानुपातितर्फका उम्मेदवारहरुमा तिलक भण्डारी (खस आर्य), सिता ओली (महिला) मोहनप्रकाश आर्चाय र लोकेन्द्र केसी (खस आर्य) प्रविर ददेल (दलित) आस्मादेवी विक (दलित महिला) देवी पुन (जनजाती महिला) दिपक विएम (जनजाती) र राजकुमार बादी (अल्पसंख्यक) तर्फ उम्मेदवारी सिफारिस भएको नेपाली काँग्रेस रुकुम पश्चिमलका उपसभापति हर्कसिंह खत्रीले रेखदेखलाई जानकारी दिएका छन् । नेपाली काँग्रेस रुकुम पश्चिमले गठबन्धन भएपनि गठबन्धन नभएको अवस्थामा समेत एक्लै चुनाव लड्ने गरीप्रतिनिधी सभा र प्रदेश सभा ‘क’ र ‘ख’ मा उम्मेदवारी सिफारिस गरेको उपसभापति खत्रीले जानकारी दिएका छन् । उनका अनुसार गठबन्धन भएमा माओवादी केन्द्रले प्रतिनिधी सभा दावी गर्दा दुई वटै प्रदेश सभामा काँग्रेसको दावी रहने र काँग्रेसले प्रतिनिधी सभा पाउँदा प्रदेश सभा ‘क’ र ‘ख’ माओवादी केन्द्रले पाउँने गरी छलफल गर्ने बताएका छन् ।
यदि गठबन्धन नभएमा प्रतिनिधी सभामा प्रेमप्रकाश ओली वा यामबहादुर केसी चुवाब लड्ने र गोपाल जि जङ्ग शाह समानुपाति (खस आर्य) को सूची रहने गरी राय उल्लेख गरिएको जनाएको छ । नेपाली काँग्रेसका सभापति प्रेम प्रकाश ओलीको नाम प्रतिनिधि सभा र प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ सिफारिस भएको बताइएको छ ।

