कर्मचारी शिक्षक संघ संगठन र भुमिका

यसकारण नेपालको प्रचलन हरेक क्षेत्रमा आदेश प्रबृतिको विकास भयो र शिक्षा क्षेत्र पनि अछुतो रहेन । र शिक्षा विभाग तिर पनि निर्देशन देखि निर्देशन र आदेश देखी आदेश सम्म हुन पुग्यो र शिक्षक कर्मचारीमा र शिशु विद्यार्थीहरुमा पनि यसको प्रभाव परेको छ । यस्ता प्रवृतिले शिक्षक कर्मचारीमा आल्यस्य सुस्ती विद्यार्थीमा उत्प्रेणा जागेन फलस्वरुप शिक्षण सिकाईको प्रतिफल राम्रो आएन त्यसपछि शिक्षण पेशा शिक्षा सिकाईमा मन्द गतिले अगाडि वढाउन थाल्यो । र विस्तारै शिक्षा मनगत र अतिरञ्जित रिर्पोटको सिकार बन्न खतरातिर उन्मुख हुन थाल्यो । फलस्वरुप सिकाईका शिक्षा आर्जन गरेका हाम्रा युवा युवती आत्मनिर्भरताको सिद्धान्तलाई छोडेर र परर्निभरतिर जान थाल्यो ।

मिनबहादुर ओली  होसियार त्रिवेणी ७ मुरु कुरुल ।

आज एकाइसौं सताब्दीसम्म आइपुग्दा कर्मचारी संघ संगठनको ठुलो भुमिका रहेको छ । आज विश्वमा सारा चिजको आविष्कार गर्ने बैज्ञानिकहरु प्नि स्वच्छ शिक्षकहरु बाटै उत्पादन भएका छन् अर्थात शिक्षकहरुले सिकाईका चेलाहरु हुन् । यसमा कुनै दुई मत छैन । तर पनि एउटा काम बाँकी नै छ । जसलाई जे सिकाईयो त्यसैले आफ्नो जीवनमा अझै आत्मनिर्भरताको सिस्टमको विकास गर्न सकेन । यसकारण नेपालमा तपाई गुरुहरु शिक्षक कर्मचारीहरु करिव एक लाख पच्चीस हजार हाराहारी हुनुहुन्छ । सामुदायिक विद्यालयहरुमा यस्तै नीजि बोर्डिङ प्राईभेट विद्यालयहरु पनि करिव साठी हजार बराबर शिक्षक तथा कर्मचारी हुनुहुनुहुन्छ । काम र फल पनि राम्रो सँग दिनु भएकै छ । तर पनि प्रतिफल त्यति राम्रो देखिन्न । तपाईहरु नेपालको सन्र्दभमा एक चौचाई जनसंख्याको अभिभावक कमाण्डर हो । तपाई विभिन्न पार्टीमा नजिक आस्था राख्ने शिक्षक कर्मचारी पनि हो । आफ्नो रक्षाको लागि जनताको रक्षाको लागि देश र दुनियाको परिवर्तनका लागि विभिन्न पार्टीमा संगठिन पनि हुनुहुन्छ । त्यसैले एउटा वर्गको अर्थात युवा वर्गको नेता पनि हो । यसकारण तपाईहरु यो देशको लागि तपाईहरु कर्तापनि हो । कारिन्दा हो । देश र दुनियाँलाई कता लैजाने भन्ने कुरा राष्ट्रको शिक्षक कर्मचारीको ठुलो भुमिका रहन्छ ।

। नेपालको इतिहासलाई हेर्ने हो भने पनि विगतका ठुला ठुला आन्दोलनहरुको नेतृत्व गरेको भुमिका पनि सम्झना लाइक रहेको छ । युवा विद्यार्थीहरुलाई आन्दोलित गर्ने कुरा जनतालाई जागरुप गराउने कुरा र देशमा संकट आईपरको बेला आन्दोलनको नेतृत्व गर्ने सम्मका कामहरु शिक्षक कर्मचारीहहरुबाट नै भएका छन् । पनि विश्वमा हरेक देशको राज्य सक्ता कब्जा पनि युवा विद्यार्थी र जनवर्गिय संगठन शिक्षक कर्मचारीबाट भएका हुन्छ ।
यसकारण
हामीले हाम्रो देशमा शिक्षाको राम्रो पहिचान दिन सक्नुपर्दछ । आजको शिक्षा प्रर्णाली पुरानै परम्परागत हो । धुईपखाली गरी टुले प्रर्णाली मात्र हो । आजको यो शिक्षा प्रर्णालीबाट समाजको दरार पैदा गरेको छ ।
१) धनी र गरिव बीचमा ठुलो खाडल र अन्तर देखाई दिएको छ ।
२) नीजि विद्यालय सामुदायिक विद्यालयमा ठुलै खाडल रहेको छ ।
३) शिक्षण सिकाईमा ठुला खाड रहेको छ ।
४) पठन पाठनमा पनि त्यस्तै खाडल रहेको छ।
५) सेवा सुविधा लिदा दिदा पनि भेदभाव र खाडल रहेको छ ।
इसका कारण नेपालमा शिक्षामा सुधार नगरी सांस्कृतिक रुपान्तरण आर्थिक उत्पादन समृद्धि नेपालको नारा असम्भव छ । नेपालमा शैक्षिक माफियाहरुलाई तह नलाएसम्म शिक्षामा फेरबदल र बैज्ञानिक शिक्षा प्रर्णाली लागू गर्न दुनियामा र नेपालमा झन कठिन छ । खासगरी मेरो बुझाईमा शिक्षा व्यापक रुपमा सुधार हुनपर्दछ ।
यसकारण ः
१) व्यापक मात्रामा किसान गरिब मजदुरका छोरा छोरीहरुलाई व्यावहारिक निशुल्क उच्च शिक्षा दिनु पर्दछ ।
२) पाठ्यक्रमको अवधीलाई छोटो बनाउदै गुास्तरमा जोडदिनु पर्दछ । थौरै समय होस राम्रो हो भन्ने
३) पाठ्य सामग्रीलाई ब्यभारिक शाररिक श्रमसँग जोडिदिनु पर्दछ भन्ने हो ।
४) सुगा रटाई गर्नुको सट्टा प्रोगात्मक मार्फत पढाउनु पर्दछ भन्ने हो ।
५) सपुस्तकीय परिक्षा जोरन्टते विद्याको सट्टा ज्ञानको खोज र अनुसधानर र समायोजनमा जाडदिनु पर्दछ भन्ने हो
६) जहाँ विद्यार्थीहरु आफ्नो खर्च आफै जुटाउन हस्त, सल्फ, वालीनाली, फलफूूल, पशुपालन उत्पादन गरेर आफै जिउन सकुन र आर्थिक उत्पादनमा जोडियौन भन्ने हो ।
यसकारण हामी नेपालीहरु नेपालको सन्र्दभमा यो प्रवेशमा अप्ठेरो अवस्थामा पनि छौ । जव पुरानो अनुशासन धस्त हुन्छ । त्यहाँ अनुशासन स्थापित गर्न कठिन हुन्छ । विद्यालयमा पढाउने शिक्षक कर्मचारी गुरुहरुपनि थकित छन् । बैज्ञानिक शिक्षा कसरी पढाउने र कसरी लागु गर्ने नयाँ अनुशासनमा लागू गर्न पनि साहस गर्न सकिदैन । किनकी विधी, निती कानूनले पनि वादकिया भुमिका खेलिरहन्छ । वर्तमान प्रवेश निकै तरल पनि छ । तरपनि सरहरुले यतिबेला अत्यन्त रचननात्मक शिक्षा सिकाईका कामका गतिविधीहरु पनि गरीराख्नु भएकै छ । यो समय तिखो संघर्ष र आत्मापरिक्षाको समय पनि हो ।
जव शिक्षा सिकाई श्रमबाट कटाई त्यो शिक्षा केवल व्यक्तिगत मान सम्मान र पद प्रतिष्ठामा मात्रै केन्द्रित हुन्छ । केवल कागजी डिग्रीमा सिमीत मै अन्ततत मानिसलाई परर्निभर बनाउनुका साथै दलाल र दास बनाउछ । यसकारण कुनैपनि देशको भविष्य कतातिर लैजाने भन्ने कुरा सम्वन्धीत देशको शिक्षा नीतिमा र शिक्षा नीति कस्तो बनाउने भन्ने कुरा त्यो देशको राज्य सक्ता सरकार सञ्चालन गर्ने मालिकहरुको दसष्टिकोणमा भर पर्दछ । त्यसैले संघ संगठनलाई संख्यात्मक रुपमा ठुलो बुझ्ने र कुरा ठुलो होईन । विद्यार्थी अभिभावक सँगको सम्बन्धको आधारमा बुझ्नु पर्छ । संघ, संगठन कति शक्तिशाली छन भन्ने कुरा त जनतामा कस्तो प्रभाव छ, कति संगठित छन् र दृढ र प्रतिवद्ध छन वा छैनन । भन्ने कुरामा भर पर्ने कुरा हो । जनसम्वन्ध नभएका संघ संगठनको न अर्थ न अस्तित्व हुन्छ । जनसम्बन्धलाई सदृढ गर्ने र पार्टीको गतिशिल विचारलाई जनतासम्म लैजाने माध्यम नै संघ संगठन जनवर्गिय संगठन नै हुन् । यसकारण पनि शिक्षक कर्मचारीलाई हल्का रुपमा बुझ्नु गलत हुन्छ । अर्को पक्ष भनेको शिक्षक कर्मचारी विद्यार्थी अभिभावक सँग जोडिने कुरा महत्वपूर्ण पक्ष हो ।
यसकारण नेपालको प्रचलन हरेक क्षेत्रमा आदेश प्रबृतिको विकास भयो र शिक्षा क्षेत्र पनि अछुतो रहेन । र शिक्षा विभाग तिर पनि निर्देशन देखि निर्देशन र आदेश देखी आदेश सम्म हुन पुग्यो र शिक्षक कर्मचारीमा र शिशु विद्यार्थीहरुमा पनि यसको प्रभाव परेको छ । यस्ता प्रवृतिले शिक्षक कर्मचारीमा आल्यस्य सुस्ती विद्यार्थीमा उत्प्रेणा जागेन फलस्वरुप शिक्षण सिकाईको प्रतिफल राम्रो आएन त्यसपछि शिक्षण पेशा शिक्षा सिकाईमा मन्द गतिले अगाडि वढाउन थाल्यो । र विस्तारै शिक्षा मनगत र अतिरञ्जित रिर्पोटको सिकार बन्न खतरातिर उन्मुख हुन थाल्यो । फलस्वरुप सिकाईका शिक्षा आर्जन गरेका हाम्रा युवा युवती आत्मनिर्भरताको सिद्धान्तलाई छोडेर र परर्निभरतिर जान थाल्यो । र देशको प्रगति भन्दा पनि देशी विदेशीन थाल्यो गइराखेको पनि छ । यसले अस्तित्व राष्ट्रको निम्ति ठुलो घाटा, ठुलो मन्दी, ठेलो देश निर्माणमा असर पार्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *