स्थानीय तहको निर्वाचनः रुकुम जिल्लामा यस्तो थियो २०७४ र २०५४ सालको मत परिणाम

प्रवीर ददेल
बैशाख ३, रुकुम । ३० वैशाखमा हुने स्थानीय तह चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरू चुनावी मैदानमा छन् । उनीहरु चुनावी मतपरिणामलाई आफ्नो पक्षमा पार्ने कसरतमा छन् । रुकुम पश्चिम ६ वटै स्थानीय तहमा माओवादी केन्द्र र नेपाली काँग्रेस नै मुख्य प्रतिस्प्रर्धामा छन् । अहिलेको स्थानीय तहको निर्वाचनमा सक्ता साझेदार दलको गठबन्धन हुने पक्का पक्की जस्तै छ । तर जिल्लामा कुन दलले कति स्थानीयतह पाउने कुनै टुंगो छैनन् ।
विशेषगरी रुकुम पश्चिममा माओवादी केन्द्र र नेपाली काँग्रेसका प्रतिस्पर्धी दल हुन । यि दुवै दलका नेता तथा कार्यकर्ताले सकभर चुनावी तालमेल नगर्ने पक्षमा छन् । यसै क्रममा नेपाली काँग्रेस बाँफीकोट गाउँपालिकाले आफ्नो उम्मेदवारी टुंग्याएको छ । गाउँपालिकाको अध्यक्षमा जनककुमार बाँठा र उपाध्यक्षमा नन्दा केसी नाथलाई उठाउने निर्णय नै गरिसकेको छ । यता माओवादी केन्द्रले पनि
गाउँ गाउँमा उम्मेदवारीको टुंगो लगाएपनि साव्ृजनिक नभएको स्रोतले बताएको छ ।
२०७४ सालको चुनावी परिणाम

संघीय सरचना अनुसार पहिलो पटक वि.सं. २०७४ सालको स्थानीय चुनावमा रुकुम पश्चिम जिल्लाको ६ वटै स्थानीय तहमा माओवादी केन्द्र जितेको थियो । मुसिकोट नगरपालिकामा देवीलाल गौतम नगप्रमुखको पदमा विजयी भएका थिए । उनले नेपाली काँग्रेसका महेन्द्र केसीले १६६ मतले पछि पारेका हुन् । उता चौरजहारी नगरपालिकामा विशाल शर्मा नगर प्रमुखको रुपमा विजय भएका थिए । भने आठविसकोट नगरपालिकामा गोरखबहादुर केसीले जितेका थिए । रुकुम पश्चिमका तीन वटा गाउँपालिकामा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।
सानीभेरी नरबहादुर पुन, बाँफिकोटमा धर्मबहादुर केसी, त्रिवेणी गाउँपालिकामा झक्कुप्रसाद घर्ति विजयी भएका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमाा रुकुमका ३ नगरपालिका र ३ गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसवीच कडा प्रतिस्प्रर्धा भएको थियो । ७३ वडाहरुमा भएको निर्वाचनमा माओवादी केन्द्रले ५८ कांग्रेसले १३ र नेकपा एमाले २ वडा जितेका थिए ।
२०५४ सालको चुनावी परिणाम
वि.सं. २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा रुकुमका ४३ गाविसमध्ये नेपाली काँग्रेसले २० गाविसमा जितेको छ । नेकपा एमालेले १७ गाविस जितेको थियो । भने रापपा पार्टी ३ गाविसमा चुनाव जितेको थियो । वि.सं. २०५४ सालमा २ गाविसमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङमा उल्लेख छ । भने २०५४ सालकै निर्वाचमा एक गाविसमा कुनै पनि दलको उम्मेदवारी नै परेको थिएन ।
२० गाविसमा नेपाली काँग्रेस विजयी
वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसले साविकका ४३ गाविसमध्ये २० गाविसमा विजयी प्राप्त गरेको थियो । विशेषगरी साविकका चौखावाङ, खारा,रुँघा,छिवाङ, सिम्ली,अर्मा, स्यालाखदी, मग्मा,दुली, भmुला, मुरु, चुनवाङ, पीपल, जाङ, कांडा, हुकाम, मोरावाङ, पेउघा, खंलगा र तकसेरा काँग्रेसले जितेको जनाएको छ ।
जिविस सहित १७ गाविसमा एमाले विजयी
वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालले जिल्ला विकास समिति सहित १७ गाविसमा चुनाव जितेको जनाएको छ । त्तकालिन जिविस सभापति खेममान खड्काका अनुसार साविकका रन्मामैकोट, कोल, राङ्सी, सिस्ने, कांक्री, स्यालापाखा, पोखरा, साँख, नुवाकोट, खोलागाउँ, घेत्मा, आठविसकोट, आठविसकोटडाँडा, गोतामकोट, बाँफीकोट, भलाक्चा, मोरावाङ र गरायला गाविसमा नेकपा एमालले चुनाव जितेको थियो । रुकुम जिल्लामा रहेका ११ इलाकामा ८ एमाले विजयी भएको थियो । भने २ इलाकामा नेपाली काँग्रेसले जितेको थियो । भने एका वटा इलाकामा राप्रपाले जितेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टीले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा २ वटा गाविस जितेको थियो । जसमा साविकका कोटजहारी, चौरजहारी, र महत रापपाले जितेको जिल्ला निर्वाचन र्काालयले जानकारी दिएको छ ।
दुई गाविसमा स्वतन्त्र उम्मेदवार
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा २ गाविसमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । रुकुम जिल्लाको रुकुमकोट र प्वाङ गाविसमा स्वतन्त्र उम्मेदवारले जितेको हुन् । उता पुर्तिमकाडा गाविसमा कुनै दलको उम्मेदवारी परेको थिएन् ।

