नेपाली काँग्रेस रुकुम जिल्ला सभापतिलाई खुल्ला पत्र ..

श्रीमान् सभापति ज्यु           

नेपाली कांग्रेस रुकुम पश्चिम

बिषयः– नेपाली काँग्रेस रुकुमको अस्तित्व जोगाइदिनु हुन ।

महोदय ,
नेपाली काँग्रेस नेपाली जनताको मनमुटुमा बस्न सफल लोकप्रिय पार्टी हो । देशमा कम्युनिस्टहरु दुइ तिहाइ नजिक हुँदा पनि देश चलाउन नसकेर नेपाली काँग्रेसको हातमा सुम्पिएकोले गर्दा अब नेपाली जनताले कम्युनिस्टहरुबाट बिकासको आशा मारिसकेका छन् र अब देश चलाउने साँचो नेपाली काँग्रेसलाइ सुम्पिने निश्चितनै छ । केहि हाम्रा नेताहरुको स्वार्थका कारण अहिले देशको राजनीतिक अवस्था निकै गम्भीर मोडमा पुगेको कुरा यहाँलाई अबगतनै होला । देशलाइ समृद्ध बनाउने नाराका साथ दुइतिहाई नजिक पुगेका कम्युनिष्टले बिकासको सट्टा अल्पमतमा रहेको हाम्रो पार्टीलाई आत्मसमर्थन गरेर साँचो सुम्पिएको र फुटेर दश चिरा भएका कम्युनिष्टको ब्यबहारबाट नेपाली जनतामा पर्न गएको निराशा नै कांग्रेसको जितको प्रमुख आधार हो । बलियो जनमत र जितको निश्चितता हुदाहुदै पनि काँग्रेस केन्द्रले कुनैपनि  सिद्धान्त नमिल्ने कम्युनिस्ट पार्टीहरुसग तालमेल गर्नु दुर्भाग्य हो ।
रुकुम पश्चिममा नेपाली कांग्रेसको जनमत राम्रो छ । रुकुम पश्चिममा रहेको पुरै काँग्रेसी जनमत भनेको रुकुममा माओबादीको एकाधिकार, भ्रष्चार, दादागिरीले थिचोलिएका पिल्सिएका जनता हुन् । रुकुम पश्चिमको काँग्रेस जनताको मनोभावना बिपरित रुकुम पश्चिममा गठबन्धन स्वीकार्य हुनेछैन । रुकुम जिल्लामा काँग्रेस एक्लै चुनाबी मैदानमा जानुपर्दछ । स्वार्थको लागि रुकुममा पनि कुनै एक दुइ पालिका हात पार्ने आशामा माओबादी केन्द्रसँगको गठबन्धन रुकुमेली जनतालाई कुनैपनि हालतमा स्वीकार्य हुने छैन । रुकुमेली काँग्रेस भनेका माओबादी द्वारा पिल्सिएका,माओबादीको दबाब, दादागिरी र एकाधिकारबाट वाक्क भएका छन् । रुकुममा काँग्रेसको जनमत बढ्दो छ । भने माओबादीको उपस्थिति बिस्तारै खस्किदो छ । करिब कम्युनिस्टको हाराहारीमा रहेको जनताको भावनाको कदर गर्नलाई पनि रुकुममा काँग्रेसले माओवादीसँग गठबन्धन गर्नु हुदैन । चुनाबमा जित्नै पर्छ भन्ने केहि छैन । सम्मानजनक उपस्थिति हुनु पनि गर्भको कुरा हो ।

सभापति ज्यु,
१. स्व.हरिभक्त ओली, लोकेन्द्र बटाला र गणेश शाह सिध्याउन योजना बनाउनेहरुसँग कसरी हात मिलाउन सक्नु हुन्छ ?
२. युद्धको नाममा गरिब जनताका गाँस ,बास, खोस्ने सँग कसरी हात मिलाउन सक्नु हुन्छ ?
३. खोजीखोजी काँगेसमाथि ढुंगामुडा र खुकुरी प्रहार गर्ने र काँग्रेस सिध्याउनलाई क्याम्प खडा गरि बस्ने सँग कसरी हात मिलाउन सक्नुहुन्छ ?
४. बिकासको नाममा भ्रष्टाचार गरि अकुत सम्पति कमाउनेहरुसँग कसरी हात मिलाउन सक्नुहुन्छ ?
अबको बाटो
१. यदि रुकुम पश्चिममा काँग्रेस पनि माओबादीको पाउ पर्न गयो भने काँग्रेस रुकुमको लागि त्यो भन्दा ठुलो दुर्भाग्य कुनै हुने छैन ।
२. चुनाबी तालमेल हुने भयो भने माओबादी काँग्रेस र स्वतन्त्र काँग्रेस गरी रुकुममा दुइ कांग्रेस हुनेछन यो साह्ै अप्रिय घटना हो ।
३. तालमेल वाला (माओबादी कांग्रेस) एक दुइ सिटको लागि बार्गेनिङ गरि पदमा पुग्नेछन तर कहिल्यै सन्तुष्टि हुने छैनन् किनकी सधै माओबादीको अधिनमा र हेपाइमा बस्नु पर्ने छ ।
४. स्वतन्त्र काँग्रेसको जनताको मतको कदर गर्न र माओबादीलाई समर्थन नजनाउनको लागि स्वतन्त्र उम्मेद्वारी दिने छन् । भने कतै एमालेसग तालमेल गर्ने छन ।
सभापति ज्यु,
यी माथी उल्लेखित जुन कुरा भए पनि काँग्रेस रुकुम पश्चिमलाइ ठुलो क्षति पुग्छ नै । कृपया जसरी हुन्छ रुकुम काँग्रेसलार्इ दुर्घटनाबाट बचाउनु हुन र रुकुमेली जनताको मनोभावनाको कदर गरि दिनुहुन बिनम्र अनुरोध गर्दछु ।
सम्मानजनक उपस्थिति नै जित हो पीडित र पिल्सिएका जनताले आफ्नो चुनाब चिन्हमा भोट हाल्ने अधिकारलार्इ बन्चित गराउने अप्रिय निर्णय नगर्नु होला भन्ने अपेक्षा ब्यक्त गर्दछु । जय नेपाल

डिबी केसी
आनपा –९ रुकुम पश्चिम
मितिः २०७८ चैत २०

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *