मुसीकाेटमा१५९ सदस्यीय नेपाल तरूण दल निर्वाचन परिचालन समिति गठन

रेखदेद संवाददाता
चैत १२, रूकुम ।
मुसीकाेट नगरपालिकामा नेपाल तरूण दल स्थानीय निर्वाचन परिचालन समिति गठन गरिएकाे छ ।शनिबार भएकाे नेपाली काँग्रेस निकट युवाहरूकाे भेलाले कालिबहादुर महताराकाे संयाजकत्वमा १४ वटै वडाका   एक /एक उप संयाेजक र  १४४ सदस्य गरि जम्मा १५९ सदस्यीय मुसिकाेट स्थानीय  निर्वाचन परिचालन समिति गठन गरिएकाे हाे ।
उप संयाेजकमा दलबहादुर बिष्ट, सुरेश खड्का, कमल महतरा, सुदर्शन बिष्ट, रामबहादुर मल्ल, भागिराम बाेहरा, चखबहादुर शाहि, सन्देश राेका, नवराज विसि, रमेश अधिकारी,भुपेन्द्र केसी, कृष्ण ओली,सशिल केसी र हेमराज बिक रहेका छन्। मुसीकाेटमा भेला भएकाे तरुणहरूले बराहटाकुरा देखि मुसीकाेट ७ साँख हुँदै सल्लेबाट बराहटाकुरामै आएर बालमन्दीरमा तरुणहरूकाे सम्मेलन भएकाे नेपाली काँग्रेस मुसीकाेट नगर सचिव सुर्य प्रकाश शर्माले बताए । नब निर्वाचित तरुण दल मुसीकाेट निर्वाचन परिचालन समतिलाई नेपाली काँग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर राेकायले बधाई दिदै स्थानीय चुनावमा अनुसाशित, मर्यादित र कटिबद्ध भएर काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन ।
नेपाल तरुण दल मुसीकाेट स्थानिय निर्वाचन परिचालन समितिकाे नगरपालिकाका संयाेजक कालीबहादुर महतराले मुसीकाेट नगरपालिका सबै वडामा  काँग्रेसका  उम्मेदवारलाई जिताउन  युवा तथा तरुण परिचालन हुने जनाए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *