भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा
भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा परेकी छन् । रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा देवयानीसमेत परेकी हुन् । उक्त सूचीको ४६औं स्थानमा रहेकी उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छिन् ।
नेपालमा २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डपछि देवयानीको नाम चर्चामा आएको थियो । उनी र युवराज दिपेन्द्रबीच प्रेम सम्बन्ध रहेको तर दरबारले उक्त सम्बन्ध अस्वीकार गरेपछि दिपेन्द्रले दरबारमा गोली चलाएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ ।
लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेकी देवयानीसँग संयुक्त राष्ट्रसंघीय विकास नियोग लगायत विभिन्न संस्थामा काम गरेको अनुभव छ ।
दरबार हत्याकाण्ड भएको ५ वर्षपछि मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी देवयानीका एक छोरा छन् ।
भारतका १०० महत्वपूर्ण व्यावसायिकको सूचीको शीर्ष स्थानमा रिलायन्ट इन्डस्ट्रिजका रोहित बंसलको नाम छ ।