दार्चुलाका जयसिंह धामीको हत्या भएको भन्दै विप्लव नेकपाको विरोध

रेखदेख संवाददाता
साउन १८, रुकुम ।
दार्चुलाका जयसिंह धामीको हत्या भएको भन्दै विप्लव नेकपाको विरोध गरेको छ । देशभर ‘विप्लव’ नेतृत्वको नेकपाले भारतीय एसएसबीका कारण दार्चुलाका जयसिंह धामीको मृत्यु भएको भन्दै त्यसको विरोधमा सोमबार प्रदर्शन गरेको छ । उनीहरुले प्रदर्शनको क्रममा ‘भारतीय हस्तक्षेप बन्द गर’, भारतीय साम्राज्यवाद मुर्दावाद, सीमामा भारतीय ज्यादती बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपालीमाथिको हत्या, हिंसा बन्द गर’सन् १९५० लगायत सबै असमान सन्धि , सम्झौता खारेज गर ,गोर्खा भर्ती केन्द्र खारेज गर लगायतका नारा लगाएका थिए । उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नपनि अपिल गरेका छन् । महाकाली नदीमा तुईनबाट तर्ने क्रममा भारतीय एसएसबीले तुईनको तार काटिदिएर नदीमा बेपत्ता भएको भन्दै उक्त घट्नाको विरोधमा देशव्यापी रुपमा प्रदर्शन भैरहेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुकुम (पश्चिम) ले पनि विरोध सभा सम्पन्न गरेको छ। मुसिकोट खलंगामा सम्पन्न विरोध सभाको अध्यक्षता सेक्रेटरी चन्द्रबहादुर बुढाले गरेको जनाएको छ । प्रमुख आतिथ्यता केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा(विश्व)को रहेको थियो । पार्टी सल्लाहकार समिति सदस्य प्रेमबहादुर खड्काको आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य मोतीराम खड्काले गरेको जनाएको छ ।
विरोध कार्यक्रममा बोल्दै नेकपाका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा(विश्व)ले जयसिंह धामीको हत्याको दोषीलाई कारबाहीको माग गरेका छन् । साथै भारतीय दादागिरी रोक्न नेपाल र नेपाली जनताको रक्षा गर्न वर्तमान राज्यसत्ताले नसकेको हुनाले नयाँ राज्यव्यवस्था बैज्ञानिक समाजवादको स्थापना गर्नुपर्ने र त्यसैको लागि आफ्नो पार्टीले संघर्ष गरिरहेको बताए । त्यस्तै राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति सबै नेपाली एकजुट हुनुपर्ने उनकको भनाई रहेको छ ।
कालिकास्थानबाट शुरु भएको विरोध र्‍याली पुनः कालिकास्थानमै आएर सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *