भिरबाट लडेर घाईते स्वास्थ्य चौकी सहयोगीको मृत्यु

रेखदेख संवाददाता 
साउन ८, रुकुम ।
भिरबाट लडेर स्वास्थ्य चौकी सहयोगीको मृत्यु भएको छ । भिरबाट लडेर घाईते आठविसकोट नगरपालिका २ स्याला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य सहयोगी ५४ बर्षिय मनराम बुढाको मृत्यु भएको हो ।
असार ३१ गते दिउसो २ बजे कार्यालय प्राङगनमा अभिएका उनी एक्कासी ढल्दा भिरमा खसेका थिए । उनी स्वास्थ्य संस्थाको प्राङगनबाट झण्डै ३ सय मिटर तल घट्टेखोला भन्ने ठाउँमा पुगेको र उनका टाउकोमा गम्बीर चोट लागेको स्थानीय धनबहादुर बोहराले जानकारी दिएका छन् । उनका अनुसार घाईते बुढाको उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लिईएको र उपचारको क्रममा शुक्रवार मृत्यु भएको जनाएको छ । मृतक बुढाका दुई छोरा र एक श्रीमती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *