रुकुम पश्चिममा चौथो पटक जेठ ३१ सम्म निषेधाज्ञा थपियो
प्रवीर ददेल
जेठ २१, रुकुम ।
रुकुम पश्चिममा फेरी निषेधाज्ञाको समय बढाएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ ।
महामारीका रुपमा फैलिएको कोेरोना भाईरसको नयाँ भेरियन्ट सहितको संक्रमण दर तिब्र रुपमा बढेकोले निषेधाज्ञा चौथो पटक थप्नु परेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रका अध्यक्ष तथा प्रमख जिल्ला अधिकारी बद्रीनाथ ग्रैहेले जानकारी दिएका छन् ।
प्रजिअ गैह्रेले भने, अझै कोरोना भाइरस संक्रमण नियन्त्रण नभएको र जिल्लामा संक्रमण फैलावटको साङलो तोड्न एवम् संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यबस्थापन गर्न निशेधाज्ञाको समय वढाउनु परेको हो ।
उनले भने, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ का उपदफा ९३० बमोजिम निषेधाज्ञा लगाईएको जानकारी दिएका छन् ।
निशेधाज्ञा पहिलो पटक बैशाख १९ गते आईतबार बिहान ६ बजेदेखि बैशाख ३१ गते र जेठ १ गते देखी जेठ ७ गते सम्म दोस्रो पटक र जेठ ७ गतेदेखी २२ गते सम्म तेस्रो पटक समय थपिएको अवधिमा पनि कोरोना भाइरस नियन्त्रण नभएपछि चौथो पटक जेठ ३१ गते ९ दिन निषेधाज्ञाको समय थपिएको जिल्ला प्रशासन कार्यालय रुकुमका सचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिएका छन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र सोको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा र हिडडुलमा समेत निषेध गरिएको प्रशासनले जनाएको छ । तर सरकारी कार्यालय र बैक तथा वित्तिय संस्थाहरुमा खुल्ने भएका छन् ।बैकहरु विहान १० वजे देखी २ वजे सम्म स्वास्थ्य मापदण्ड पालन गरी कारोवार गर्ने छन्, भने सरकारी कार्यालयहरु ५० प्रतिसत कर्मचारीको उपस्थितमा मापदण्ड पालना गरेर कार्यालय सञ्चालन गर्ने जनाएको छ ।
कोरोना भाईरसबाट जिल्लामा हालसम्म जिल्लामा १ हजार ८ सय १५ जना संक्रमित भएका छन् । जसमध्ये २५ जनाको मृत्यु भएको छ । भने १ हजार २ सय ३७ जना निको भएका छन् । हाल जिल्लाका विभिन्न अस्पतालमा ४६ जना विरामी उपचारार्थ छन् । भने ४२० जना होम आइसोलेसनमा रहेका छन् ।
रुकुममा कोरोना बिरुद्ध अभियानः ३ दिनमै ८ लाख संकलन
प्रवीर ददेल
जेठ ६, रुकुम ।
कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिममा वृहत सहायता अभियान शुरु गरिएको छ । रुकुम घर भएर हाल विभिन्न सरकारी सेवामा सेवारत कर्मचारी, विदेशमा रहेका रुकुमेली, व्यवसायीहरु लगायतले वृहत सहायता अभियान सुरु गरेका हुन् ।
जिल्लामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सघाउन आर्थिक संकलन शुरु गरिएको छ । यो अभियान जेठ ३ गतेदेखि शुरु गरिएको यो अभियानमा अहिलेसम्म ७ सय ५० भन्दा वढी महानुभावहरू देश विदेशवाट जोडिएका छन् । बुधबार सम्म १ सय १९ जनाले ७ लाख ८४ हजार २ सय ५३ रुपैयाँ सहायता कोषमा रकम जम्मा गरेका छन् ।
सरकारी र राजनीतिक तवरबाट कोरोना संक्रमण न्यूनीकरणका काम भइरहेको भए पनि जनस्तरबाट पनि अभियान चलाउनुपर्ने दायित्वबोध गरेर अभियान थालिएको बृहत सहायता अभियानका अभियान्ता अर्जुन भण्डारीले जानकारी दिएका छन् ।
उनले भने, ‘केहि दिनमा जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा कोभिड १९ संक्रमित विरामीको उपचारका लागि स्वास्थ्य सामग्री व्यवस्थापन गरी हस्तान्तरण गरिनेछ ।’
उक्त अभियानले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा स्वयसेवक समेत परिचालन गर्ने तयारी पनि गरेको छ । अभियानमा आर्थिक सहयोग गर्न रुकुम पश्चिम मुसीकोटमा रहेको ग्लोबल आइएमई बैकमा रहेको सहायता फाउन्डेशन नेपालको खाता नम्बर ५३०१०१००००१७४ मा जम्मा गर्न सकिने ब्यवस्था गरिएको छ ।