रुकुम पश्चिममा कोरोना संक्रमणका कारण १० दिनमा ८ जनाको मृत्यु , मृत्यु हुनेको संख्या १० पुग्यो !

रेखदेख संवाददाता
बैशाख २९, रुकुम ।
रुकुम पश्चिममा कोरोना भाइरस संक्रमणका कारण १० दिनमा ८ जनाको मृत्यु भएको छ । बैशाख १९ गते देखी २९ गतेको समयमा ८ जनाको मृत्यु भएको जिल्ला अस्पताल रुकुम पश्चिमका डा. राजकुमार भजेलले जानकारी दिएको छ ।  उनले भने, २ जनाको अगाडि मृत्यु भएपनि ८ जनाको मृत्य १० दिनको अवधिमा भएको हो ।
रुकुम पश्चिममा कारोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको जिल्ला अस्पताल रुकुम पश्चिमले जानकारी दिएको छ ।
दोस्रो चरणको कोरोना लहर चलेसँगै अस्पतालमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै भन्दा वढी मुसीकोट नगरपालिका ५ जना रहेका छन् । भने त्रिवेणी गाउँपालिकाका ४ जना र रुकुम पूर्व सिस्ने गाउँपालिकाका १ जना गरी जम्मा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक वटा ४ वर्षिय बच्चा र अन्य ३५ वर्ष देखी ६० वर्षसम्मका उमेर समूहका रहेका छन् ।
जिल्ला हाल ५ सय ७१ जना सक्रिय संक्रमित रहेको जिल्ला अस्पताल रुकुम पश्चिमका कोरोना रोग फोकल प्रर्सन इश्वर रावलले जानकारी दिएका छन् । मंगलबार त्रिवेणी गाउँपालिकाका एक महिला र एक पुरुषको मृत्यु भएको थियो । भने बुधबार मुसीकोट नगरपालिकाका एक जना पुरुषको मृत्यु भएको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्यामा अत्याधिक वृद्धि भएपछि अस्पतालमा अक्सिजन र अस्पतालमा बेडको पाउन मुस्कील हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *