बेपत्ता आयोगः पीडित परिवार खोज्दै जिल्ला-जिल्लामा
प्रविर ददेल
मंसिर २२, रुकुम ।
तत्कालिन विद्रोही नेकपा माओवादी र राज्यपक्षबाट वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न बेपत्ता पारिएका व्यक्ति छानवि आयोग पीडित खोज्दै जिल्ला जिल्लामा पुग्ने गरेको छ ।
बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगले कर्णाली तथा सुदूरपश्चिममा अनुसन्धान थालेको हो । दशवर्षे शसस्त्र द्धन्द्ध, जनआन्दोलन तथा विभिन्न कारणले बेपत्ता भएका व्यक्तिहरूको बारेमा अनुसन्धान गर्न आयोगको टीम जिल्ला जिल्ला पुग्ने गरेको हो । शान्ति प्रक्रिया टुंगिएको चौध वर्ष पुग्दा सम्म द्वन्द्व अवधिमा भएका घटनाका बारेमा सत्य निरूपण गर्ने र मेलमिलाप कायम गर्ने तथा बेपत्ता व्यक्तिहरूको खोजी गर्ने कार्यमा ढिलाई भएको जनगुनासो वढेको अवस्थामा वेपत्ता पारिएका व्यक्ति छानविन आयोगले जिल्ला जिल्लामा पुगेर वेपत्ता पारिएका व्यक्तिहरुका आफ्न्तहरुसँग भेटघाट गरेको बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका सदस्य तथा प्रवक्ता डा. गंगाधर अधिकारीले जानकारी दिएका छन् ।
उनले भने, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लामा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनका लागि बेपत्ता भएका परिवारसँग भेटेर नै अनुसन्धान थालिएको छ । जसमा सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुलाका पीडित परिवारलाई भेटिएको छ । भने कर्णाली प्रदेशका जुम्ला, कालिकोट, मुगु र रुकुम पश्चिम र लुम्वीनी प्रदेशको रुकुम पूर्वका पीडित परिवारसँग भेटघाट गरिएको प्रवक्ता अधिकारीले बताए । ‘हामी पहिलोपटक बेपत्ता भएका परिवारका सदस्यहरूलाई भेटेर बेपत्ता अवस्था उनीहरूका बारेमा अनुसन्धान थालेका हौँ ।’
कर्णालीका ३२२ व्यक्ति वेपत्ताको सूचीमा
कर्णाली प्रदेशका १० जिल्लाका ३२२ व्यक्ति वेपत्ता पारिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा कर्णाली प्रदेशका १० जिल्लाका ३२२ व्यक्ति बेपत्ताको सूचीमा रहेको वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य तथा प्रवक्ता डा. गंगाधर अधिकारीले जानकारी दिएका छन् । उना अनुसार जम्मा ४०४ उजुरीमध्ये सत्य निरुपन तथा मेलमिलाप आयोगमा पठाएको ५४ उजुरी, दोहोरो काटिएका १० र तामेलीमा राखिएका १८ गरी जम्मा ८२ उजुरी लागत कट्टा गरिएसँगै अब वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा कर्णाली प्रदेशका जम्मा ३२२ व्यक्ति वेपत्ताको सूचीमा रहेको आयोगका सदस्य तथा प्रवक्ता डा. अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा वढी सल्यान जिल्लामा ५९ वटा ब्यक्ति वेपत्ता पारिएको जनाएको छ । त्यस्तै सुर्खेत जिल्लामा ५६ जना, कालिकोट जिल्लामा ४५ जना, जाजकोट जिल्लाका ३८ जना, रुकुम पश्चिम ३५ जना, दैलेख ३९ जना, मुगुमा २५ जना, जुम्लामा २० जना, डोल्पा जिल्लामा ६ जना र हुम्ला जिल्लामा ४ जना व्यक्ति बेपत्ताको सूचीमा रहेका छन् । आयोगमा परेको व्यक्ति बेपत्ता विवरणको थप अनुसन्धान गरी दोहोरो हटाउने, थप उजुरी भए आयोगको सम्र्पकमा ल्याउने र पीडित परिवारलाई परिचय पत्र वितरण गर्ने बेपत्ता पारिएका व्यक्ति छानविन आयोगले जनाएको छ । उता पीडित परिवारले भने शान्ति प्रक्रिया टुंगिएको १४ वर्ष वित्दा सम्म पनि आफूहरुले न्याय नपाएको गुनासो गरेका छन् । उनीहरुका अनुसार सरकारको ढिलासुस्तीका कारण बेपत्ता परिवारलाई थप पीडा दिएको जनाएका छन् ।
रुकुम पश्चिमका ३५ जना बेपत्ताको सूचीमा
रुकुम पश्चिम जिल्लामा बेपत्ता पारिएका व्यक्ति छानविन आयोगमा परेका उजुरीका आधारमा विस्तृत अनुसन्धानमा रहेका वेपत्ता व्यक्तिहरुको सूची यस प्रकार रहेको छ ।
१. धर्मे बुढा आठविसकोट नगरपालिका-३, रुकुम (पश्चिम)
२. प्रकाश दमाई आठविसकोट नगरपालिका-३, रुकुम (पश्चिम)
३. लालबहादुर सार्की आठविसकोट नगरपालिका-१२, रुकुम (पश्चिम)
४. भरत घर्तिमगर आठविसकोट नगरपालिका-१२, रुकुम (पश्चिम)
५. मनबहादुर पुनमगर आठविसकोट नगरपालिका-१२, रुकुम (पश्चिम)
६. कविराम जैसी चौरजहारी नगरपालिका -१,रुकुम (पश्चिम)
७. भगवतीदेवी उपाध्याय चौरजहारी नगरपालिका -२,रुकुम (पश्चिम)
८. शेरबहादुर डाँगी चौरजहारी नगरपालिका -४,रुकुम (पश्चिम)
९. मन्जित रोकाय चौरजहारी नगरपालिका -६,रुकुम (पश्चिम)
१०.गोरखबहादुर बोहरा चौरजहारी नगरपालिका -६,रुकुम (पश्चिम)
११.कृष्मादेवी शर्मा चौरजहारी नगरपालिका -९,रुकुम (पश्चिम)
१२.पूर्णप्रसाद शर्मा चौरजहारी नगरपालिका -९,रुकुम (पश्चिम)
१३.ऐभान रोकाय चौरजहारी नगरपालिका -१०,रुकुम (पश्चिम)
१४.डिला रोका चौरजहारी नगरपालिका -१०,रुकुम (पश्चिम)
१५.यज्ञबहादुर हमाल चौरजहारी नगरपालिका-११,रुकुम (पश्चिम)
१६.मिलन केसी चौरजहारी नगरपालिका रुकुम (पश्चिम)
१७.नरबहादुर बाहेरा त्रिवेणी गाउँपालिका-२,रुकुम (पश्चिम)
१८.मेगराम खड्का त्रिवेणी गाउँपालिका-३,रुकुम (पश्चिम)
१९.रणबहादुर गिरी त्रिवेणी गाउँपालिका-४,रुकुम (पश्चिम)
२०.भिमबहादुर दमाई त्रिवेणी गाउँपालिका-४,रुकुम (पश्चिम)
२१.अशोक पुन त्रिवेणी गाउँपालिका-१०,रुकुम (पश्चिम)
२२.कृष्ण खत्री बाँफीकोट गाउँपालिका-२,रुकुम (पश्चिम)
२३.चन्द्रकला बाँठामगर बाँफीकोट गाउँपालिका-८,रुकुम (पश्चिम)
२४.भद्रबहादुर बाँठामगर बाँफीकोट गाउँपालिका-८,रुकुम (पश्चिम)
२५.प्रविर बि.क. बाँफीकोट गाउँपालिका-९,रुकुम (पश्चिम)
२६.भक्ते पुन बाँफीकोट गाउँपालिका-१०,रुकुम (पश्चिम)
२७.नरविर बि.क. मुसिकोट नगरपालिका-२,रुकुम (पश्चिम)
२८.यज्ञबहादुर हमाल मुसिकोट नगरपालिका-६,रुकुम (पश्चिम)
२९.महाविर दमाई मुसिकोट नगरपालिका-५,रुकुम (पश्चिम)
३०.नविन बोहरा मुसिकोट नगरपालिका-६,रुकुम (पश्चिम)
३१.टोपबहादुर पाण्डे मुसिकोट नगरपालिका-७,रुकुम (पश्चिम)
३२.प्रेमबहादुर खड्का मुसिकोट नगरपालिका-९,रुकुम (पश्चिम)
३३.हिमलाल परियार मुसिकोट नगरपालिका-९,रुकुम (पश्चिम)
३४.जितबहादुर परियार मुसिकोट नगरपालिका-१३,रुकुम (पश्चिम)
३५.दुर्गाबहादुर नकाल सानीभेरी गाउँपालिका -४,रुकुम (पश्चिम)

