रोल्पा होलेरीमा बालविवाह न्यूनीकरण अभियान

मनोज डाँगी
कात्तिक २५ रोल्पा । रोल्पामा ईलाका प्रहरी कार्यालय होलेरिको जिम्मेवारी पाएका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको छ । ईलाका प्रहरी कार्यालय होलेरीमा सरुवा भएर आएको हप्तादिनमै प्रहरी निरीक्षक (इन्स्पेक्टर) शंकर खड्काले अपराध नियन्त्रण सम्बन्धि विभिन्न अभियानहरुको शुरुवात गरेका हुन् ।
मङ्गलबार ईलाका प्रहरी कार्यालय होलेरीको आयोजनामा रोल्पाको होलेरीमा ‘बालविवाह अपराध हो, बालविवाह गरेको खण्डमा स्वत बदर हुन्छ, बालविवाहले आत्महत्या वृद्धि गर्छ’ लगायतका नारा सहित जनचेतनामुलक र्‍याली निकालेर होलेरी बजार परिक्रमा गरेको थियो ।
बालविवाह न्यूनीकरण सम्बन्धिको १५ दिने अभियान अन्तर्गत होलेरीमा पहिलोपटक शुरूवात गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छ्न ।
अभियानमा नेपाल प्रहरी,विभिन्न सरोकारवाला निकाय, पत्रकार, विद्यार्थी लगाएत सर्वसाधारण स्थानियहरुको सहभागीता रहेको थियो । त्यस्तै बालबिबाह र लागू औषध प्रयोग विरुद्धको अभियान अन्तर्गत रुन्टीगढी गाउँपालिका भित्रका विभिन्न बिद्यालयहरुमा पुगेर सचेतना फैलाइरहेको जनाएको छ । समाजमा बिकृती तथा अपराध बढ्नुको मुख्य जड पत्ता लगाएर नै निर्मुलन गर्ने उहाँको भनाई रहेको छ। यस अन्तर्गत समाजमा बिकृती र अपराधिक गतिविधि रोक्न समाजमा प्रयोग भइरहेको घरेलु मदिरा नियन्त्रण गर्ने अबको प्रमुख लक्ष्य रहेको प्रहरी निरीक्षक खड्काले बताए । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट केहि दिन अघि सरुवा भएर आएका प्रहरी निरीक्षक खड्का अहिले प्रत्येक दिन लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुको प्रवेशद्वार घोराही होलेरी शहिद मार्गमा स्वं आफै सवारी चेकिङमा खटिएका छन् । चेकजाँचको क्रममा नियम पालना नगरेका सरकारी सवारीहरुको समेत जरिवाना काट्नुले प्रहरी निरीक्षक खड्काको निस्पक्षता र चर्चा दक्षिण रोल्पामै चुलिन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *