जिप दुर्घटनाबाट वडा अध्यक्ष सहित ५ जनाको मृत्यु
रेखदेख संवाददाता
असोज २१ जाजरकोट ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नम्बर १ को औलाखोला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा वडा नम्बर ११ का वडा अध्यक्ष अम्मर बहादुर शाही सँगै ५ जनाको घटना स्थलमै मृत्यु भएको हो । यस्तै सोही वडामा घर भएका पूर्व जिल्ला विकास समितिका सदस्य कृती बहादुर शाहीको पनि दुर्घटनामा परी ज्यान गएको छ ।
यस्तै दुर्घटनामा ज्यान गुमाउनेहरुमा वडा नम्बर ११ घर भई हाल प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत स्वास्थ्यकर्मी खेम बहादुर शाही सोही ठाउँमा कार्यरत कृष्ण बहादुर शाही र जुँनीचाँदे गाउँपालिका वडा नम्बर ५ की मालिका बस्नेत रहेका छन ।
घटनामा दुई जना वेपत्ता भएका छन भने एक जना घाइते भएका छन । दुई जना खोलामा बगेर बेपत्ता भएको आशंका गरिएको छ । उनिहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छ्न ।
उक्त जिप सडक बाट ५ सय मिटर तल खोलामा खसेको प्रहरीलाई उद्धृत गर्दै घटना स्थलमा पुग्नु भएका स्थानिय पत्रकार गोपाल बहादुर गीरिले जानकारी दिए । उनका अनुसार सवारी चालक फरार रहेको आशंका गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख श्रेष्ठ भनाइ छ ।

