जनैपूर्णिमाको दिन दलितलाई धागो नबाध्ने ब्राहमण कारबाहीमा
रेखदेख सवाददाता
साउन २५, रुकुम । जनैपूर्णिमाको दिन दलितलाई धागो नबाध्ने ब्राहमण कारबाहीमा परेका छन् । सानीभेरी गाउँपालिका वडा नं. ९ का रणविर विक र उनको परिवारलाई रक्षाबन्धको धागो नबाधी दलितलाई बाध्दैनौ भन्दै अपमान गर्ने ब्राहामण कारबाहीमा परेका हुन् ।
सानीभेरी गाउँपालिका वडा नं. ८ का गोपाल शर्मा र सोही ठाउँकै मिना शर्मा कारबाहीमा परेको सानीभेरी गाउँपालिकाका न्यायिक समिति संयोजक इन्दिरा ओलीले जानकारी दिएकी छिन् । उनले भनिन, ‘१९ गते रक्षाबन्धनको दिन घटना घटेको र २३ गते पीडित रणविर विकले सानीभेरी गाउँपालिकाको न्यायिक समितिमा आफू जाती विभेदमा परेको भन्दै उजुरी दिएका थिए ।’
उजुरीको आधारमा छलफल गर्दा ब्राहमण गोपाल शर्माले रु ५ हजार ३ सय रुपैयाँ र मिना शर्माले रु २ हजार रुपैयाँ जरिबाना सहित माफी मागेपछि घटना मेलमिलाप भएको सानीभेरी गाउँपालिकाको न्यायिक समितिले जानकारी दिएको छ । गोपाल शर्मा सानीभेरी गाउँपालिकाको सर्वसाधारण भएपनि मिना शर्मा सानीभेरी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत छिन् ।
दलितलाई धागो नबाध्ने दुबै जनाले दलित समुदायले ल्याएको पानी समेत खादै आफूले अब कहिलै पनि भेदभाव नगर्ने प्रतिवद्धता जनाएको स्थानीय दलित अधिकारकर्मीले रेखदेखलाई बताएका छन् ।

