फेडोको अध्ययन सार्वजनिकः कोरोनाका कारण झण्डै ९० प्रतिसत दलित समुदायले रोजगारी गुमाए

रेखदेख संवाददाता ।
लकडाउनको कारण ९८.४ प्रतिसत दलित समुदायले रो जगारी गुमाएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । कोभिड १९ दलित महिलामा पारेको असरबारे दलित महिला संघले मंगलबार सार्वजनिक गरेको अध्ययन रिपोटले यस्तो देखाएको हो ।
दलित महिला संघ फेडोको २६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कर्णाली प्रदेश स्तरीय भर्चुअल छलफल कार्यक्रममा प्रस्तुत अध्ययन रिपोट अनुसार दैनिक ज्याला मजदुर र कृषि मजदुरहरूले काम गर्न नपाएका र जीविकाको साधन गुमाएको अवस्था छ । भने ७१.१ प्रतिशतले दैनिक रुपमा खाद्यान्न समस्या भोगेका थिए । ६१.३ ५ ले स्वास्थ्य सम्बन्धि समस्याहरूको सामना ६१.३ प्रतिशत ले गर्दैछन भने १५.७५ प्रतिशतले डेरा भाडा तिर्न नसकेर घरभेटीको कचकच तथा दुव्यर्वहार सहनुपरेको छ ।
४९ प्रतिशत दलित महिलाहरु जातिय विभेदको शिकारमा
लकडाउनमा करिब ४९ प्रतिशत दलित महिलाहरुले जातिय भेदभावको शिकार भएका छन् भने क्वारेन्टिनमा रहदा र राहत वितरणमा करिब २३ प्रतिशत दलित महिलाले जातिय र लिंगका आधारमा भेदभावको समस्या भोग्नुपरेको तथ्य सार्वजनिक भएको छ ।
दलित महिला संघका महासचिव रेणु सिजापतीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा  कोरोना महामारीको कारण ६०.४ प्रतिशतले आफ्नो रोजगारी गुमाएका थिए । ९.४ प्रतिशतले रोजगारदाताबाट भनिएको तलब पाएनन् ।

त्यस्तै ६.३ प्रतिशत महिलाहरुले कामबाट निकालिएका छन् भने ३९.१ प्रतिशत महिलाहरु आफ्नो व्यवसायबाट प्रभावित भएका छन् ।
प्रतिवेदनमा महामारीको समय र महामारी पछि दलित समुदायका लागि ९०.३ प्रतिशतले स्वरोजगारको सिर्जना गर्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् भने ६५.३ ले जीविका र आर्थिक सहयोगको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

दलित महिलाको जीवनमा कोभिड १९ महामारीले पारेको असर र सामना गरिरहेका समस्या पहिचान गरी चुनौतीलाई सम्बोधन गर्नका लागि दलित महिला संघले को स्पष्ट मार्ग चित्र तयार पार्ने उद्देश्यले गरिएको अध्ययन रिर्पोट सार्वजनिकरण कार्यक्रममा पोखराका अधिकारकर्मी  मानवअधिकारवादीहरुले विभिन्न सुझाव दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीका दलित समुदाय र दलित महिलाले भोगको समस्या हटाउन पहल गर्ने बताए ।

अप्ठेरोको बेला नै कमजोर बर्गलाई वढी प्रभावित बनाएको इन्सेक कर्णालीका नारायण सुवेदीले बताए । कार्यक्रमको सहजीकरण दलित महिला संघका केन्द्रिय सचिव तथा कर्णाली प्रदेश अध्यक्ष मञ्जु सुनारले कार्यक्रमको सहजीकरण गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *