एसईईको नतिजा १ साताभित्र सार्वजनिक गर्ने तयारी

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ साताभित्र सार्वजनिक हुने भएको छ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

‘विद्यालय र जिल्ला शिक्षा समन्वय इकाइबाट प्रमाणित भएको डाटा बोर्डमा आइसकेको छ । जिल्ला जिल्लाबाट अपडेट भएको र प्रमाणित डाटामा ठीक भए नभएको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अब एक साताभित्र नतिजा सार्वजनिक गर्छौ ।’

यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएका कारण विद्यालय र जिल्लाबाट प्रमाणित डाटा आउन ढिलाई भएकोले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *