सोती घटनाका ५ जना फरार अभियुक्त पुर्पक्षको लागि थुनुवामा

रेखदेख संवाददाता
असार ३१ रुकुम । सोती घटनाका फरार ५ जना अभियुक्त पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ ।  जिल्ला अदालत रुकुम पश्चिममा मंगलबार भएको अभियुक्तको बयान र बादी प्रतिवादीका वकिलहरुको थुनछेक बहस पछि भएको आदेशमा ४ जना अभियुक्तलाई थुनुवामा राख्ने आदेश भएको जिल्ला अदालत रुकुम पश्चिमका निमित्त श्रेस्तादार लक्ष्मण विकले जानकारी दिएका छन् । उनले भने, ‘मंगलबार नै जिल्ला अदालतमा हाजिर भएका ४ जना अभियुक्तलाई वयान र थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।’
जसमा चौरजहारी नगरपालिका ८ रुकुम पश्चिमका तुलराम घर्ति, क्वापे भनिने लोकेन्द्र घर्ति, सौरभ पुन र डिल्ली घर्ति रहेका छन् ।
५ जना फरारको सूचीमा रहेका मध्ये भिमबहादुर घर्ति असार २८ गते जिल्ला अदालत रुकुम पश्चिममा आफै हाजिर भएपछि २८ गतेको बयान र बहसपछि पर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको थियो ।

यो सँगै सोती घटानामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जना मध्ये ३० जना पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ । जसमा २ जना नाबालक रहेको र उनीहरुलाई बालसुधार गृहमा राख्ने आदेश भएको छ । भने ३ जना साधारण तारिख र १ जना रु. एक लाख धरौटीमा छुटेको जिल्ला आदालत रुकुम पश्चिमले जानकारी दिएको छ ।जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरीनगरपालिका वडा नं. ४ का नबराज विक सहित ६ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *