रुकुम पश्चिममा पहिरोमा परिँदा आमा छोरीको मृत्यु

रेखदेख संवाददाता
असार २६, रुकुम । आठबिसकोट नगरपालिकामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। शुक्रबार बिहान आएको पहिरोले आठबिसकोट–३ स्थित रेजेखोलाका तुलबहादुर दमाईको घर पुरेको हो।

घरमा पुरिँदा तुलबहादुरकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रमुख ठगबहादुर केसीले जानकारी दिए।  दुईजनाको शव  घरभित्र पुरिएको अवस्थामा निकालिएको केसीले बताए। घरमै पुरिएकी आठ वर्षीया हिरालाई भने घाइते अवस्था उद्धारगरिएको छ। तुलबहादुर भने कामको सिलसिलामा घर बाहिर रहेका कारण पहिरोबाट जोगिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *