७७ जिल्लाबाट नेपाली कांग्रेसले बुझायो,सरकारलाई ध्यानार्कषण पत्र

बिक्रम परियार रुकुम । बिश्वभरि फैलिएको नोवेल कोरोना भाइरस नियन्त्रणमा नेकपाको सरकार पुर्ण रुपमा असफल भएको भन्दै नेपाली काँग्रेस रुकुम पश्चिमले विरोध जनाएको छ ।
नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्लाबाट बिरोध स्वरुप ज्ञापनपत्र बुझाएको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जनाए । । मंगलबार नेपाली कांग्रेसको ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध स्वरुप ज्ञापनपत्र बुझाएको नेपाली कांग्रेसले जनाएको छ ।
विशेष गरि यस्तो कोरोनाको महामारीको बेला नेकपाको सरकारले बन्दाबन्दि बाहेक अरु कुनै काम गर्न नसक्नु लगायत सरकारको आलोचना गरिएको छ । जस अनुसार बर्तमान नेकपाको सरकारले कोरोना महामारिका बेला प्रयाप्त स्वास्थ्य सामाग्री आपूर्ति नगर्नु, आपूर्ति गरिएका सामाग्री गुणस्तरिय नहुँनु, स्वास्थ्य सामाग्री र कात्रोमा पनि व्यापक भ्रष्टाचार हुनु , ब्यवस्थित क्वारेन्टाइन नहुनु , परिक्षण गर्न किटको अभाव हुनु , आइसोलेसन सेन्टर अभाव, सबै प्रयोगशालाहरुको गुणस्तरनहुँनु, बिदेशबाट आउने नेपालीहरुलाइ सुरक्षित रुपमा घरसम्म पुग्ने प्रवन्ध गर्न नसक्नु र गरिव बिपन्न र मजदुर बर्गलाई राहत बितरणमा राजनीति गरेको नेपाली रुकुम पश्चिमले टीप्पनी गरेको छ । गएको जेठ २६ गते सोमबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरि नेपालका ७७ वटै जिल्लाबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिहदरवारसम्म पुग्ने गरि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएको छ । अहिले कोरोनाको जोखिमसंग लडिरहेका नेपाली जनताहरुको जिउ ज्यान बचाउनु राज्यको प्रमुख दायित्व रहेको भन्दै नेपाल सरकारलाई ध्यानाकर्षण समेत बनाएको छ । अहिले महामारीसँग प्रत्यक्ष रुपमा जुदिरहेका अर्थतन्त्र उत्थानका लागि उद्योग व्यवसायीहरुलाई उचित प्याकेजको व्यवस्था , स्वास्थ्यकर्मि सुरक्षाकर्मी , सरसफाइकर्मि , स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र सञ्चारकर्मीहरुलाई समेत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यस्तै रुकुम पूर्वका जिल्ला सचिव भिमबहादुर खड्काको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा पनि विरोध पत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालद्वारा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसम्म पुग्ने गरि बिरोधपत्र बुझाएको सचिव खड्काले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *