राष्ट्रिय दलित पत्रकार संघ नेपालको देशभर प्रदर्शन

काठमाडौँ । रुकुम पश्चित चौरजहारी नगरपालिका— ८ सोतीमा भएको नसंसहारबाट ५ जना मारिएको घटनाको निष्पक्ष छानवीन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिमो माग गर्दै राष्टिय दलित पत्रकार संघ नेपालले देशभर एकसाथ धर्ना कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँ माइतिघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा पाँजजना दलित समुदायका युवाहरु सेतो कपडाले बेरिएका क्याण्डिल बालेर धर्नामा बसेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासविच रमेश विष्टले जातीय भेदभाव तथा छुवाछूथ विरुद्धको रुकुम घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानवीन र कारवाहीको माग गर्नुभयो । दलितमाथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शुन्यसहनशीलता अपनाएर कानुन कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ ।

 

घटनालाई तोडमोड गरेर पीडित परिवारलाई थप अन्याय गरिएकोप्रति सरकारको ध्यानाकर्षण गरिएको छ । कार्यक्रममा जागरण मिडिया सेन्टरका रेम बिश्वकर्मा, साझा पार्टीका नेता प्रकाशचन्दश् परियार, पत्रकार ऋषि धमला, संघका उपाध्यक्ष गोपाल बराइलीले बोल्नु भएको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालले रुकुम नरसंहार लगायतका देशभर दलित समुदायमथि घटेका घटनाहरुको बिरुद्ध र न्यायका लागि देशभर एकैचोटी कार्यक्रमको सम्पन्न गरेको गरेको छ ।

लकडाउनका बेला दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतको घटनाहरु बढिरहेको तर सरकारले वेवास्ता गरेको भन्दै दबाव मूलककार्यक्रमहरु राष्ट्रिय दलित पत्रकार संघ नेपालले गर्नुपरेको बराइलीको भनाई छ ।

 

माइतिघर मण्डलामा सम्पन्न कार्यक्रममा दलित आन्दोलनका अगुवा, युवा तथा अधिकारकर्मीहरुको सहभागिता थियो । छुवाछूतका घटनाहरु विरुद्ध संघले निरन्तर विरोधका कार्यबmमहरु गर्दै आएको र गरिरहने बताइएको छ ।

 

गत १० गते साँझ चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय विवाह गर्ने क्रममा भएको घटनामा पाँच जना युवाहरुको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन । घटनामा जाजरकोटका नवराज विक, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विकको मृत्यू भएको थियो । गोविन्द साही अझै वेपत्ता छन । घटनामा संलग्न चौरजहारी ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहितलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *