रुकुम पूर्व तीन जनामा कोरोना संक्रमित

विक्रम परियार रुकुम (पूर्व) ।रुकुम पूर्वमा पहिलाे पटक ३ जनामा काेराेना भएको पुष्टि भएको छ । पुष्टि हुनेमा पुथाउत्तरगंगा गाउपालिका १३ का २३ बर्षिया पुरुष , साेहि गाउपालिकाका एक जना १५ बर्षिय महिला र १८ बर्षका पुरुष रहेका छन ।

सक्रमण हुनेमा २३ बर्षका पुरुष २०७६ चैत ६ गते जिल्लामा आएका र हाेम क्वारेन्टाइन मा बसेका थिए । र अन्य दुई जना पुथाउत्तरगगा गा पा १२ काे सिद्ध मन्डलि मा बि राङ्सिकाे क्वारेन्टाइन मा बसेका थिए । यहि जेठ १० गते जिल्लाभरि ५७ जनाकाे पिसिआर स्वार संकलन गरि राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान दाङमा पठाए पछि आज आएकाे नतिजामा ३ जनामा मात्रै काेराेना भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पुर्बले जानकारी दिएकाे छ । यश भन्दा पहिलाे चरणमा १४१ जनाकाे आरडिटि परिक्षण गर्दा सबैकाे रिपोर्ट नेगेटिभ आएकाे जनाएको छ ।

अहिले जिल्लामा काेराेना संक्रमितका लागि जिल्ला अस्पतालमा ६ वटा बेड भएको आइसाेलेसन राखिएको छ । उनिहरु अहिले पुथा १२ मा रहेको सिद्धमन्डलि मावि राङ्सिकाे क्वारेन्टाइन मा सुरक्षित रहेको र आज जिल्लाका सराेकारवालाहरु बैठक बसि भाेलि सम्ममा निर्णय लिई बिरामिकाे उपचारकाे कदम अगाडि बढाउने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *