चौरजहारीमा कार्यरत स्वास्थ्यकर्मीले साढे २ लाख आर्थिक संकलन
रेखदेख संवादाता ।
बैशाख १२, रुकुम ।
चौरजहारी अस्पतालमा कार्यरत स्वास्थ्कर्मीले साढे २ लाख रुपैयाँ आर्थिक सहयो गरेका छन् । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड
१९) को रोकथाम तथा नियन्त्रणको लागी रुकुम पश्चिम चौरजहारी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले साढे २ लाख रकम आर्थिक सहयोग गरेका छन ।
मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित चौरजहारी अस्पतालका स्वास्थ्यकर्मि चिकित्सक तथा प्रशासन फाँटमा कार्यरत कर्मचारीहरुले रु.२ लाख ५६ हजार ९ सय रुपैया सहयोग गरेका हुन ।
महामारीको रुपमा फैलिएको कोभिट १९ को रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले आफुले पाउने पारिश्रमिकवाट कर्मचारीहरुले स्वस्फुर्त रुपमा रकम सहयोग गरेको चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिएका छन् ।
उक्त रकम कोभिट १९ सहयोग समिति मार्फत चौरजहारी नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापक कोषमा जम्मा गरीएको चौरजहारी नगरपालिकाले वताएको छ ।
नगरपालिकाले सहयोग गर्ने अस्पतालका स्वाथ्यकर्मिहरुलाई एक विज्ञप्ती मार्फत धन्यवाद प्रकट गरेको छ ।
चौरजहारी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा यो समाचार तयारपार्दा सम्म ५६ लाख २१ हजार ४ सय ६८ रुपैया जम्मा भएको नगरका लेखासाकाम कार्यरत कर्मचारी अनिल केसीले जानकारी दिएका छन् ।
यसमध्ये राहात वितरण क्वारेन्टान व्यवस्थापन तथा अलपत्र यात्रुहरुको उद्दारको लागी रु २२ लाख ५३ हजार ४ सय ५३ रुपैया खर्चभएको उनको भनाई रहेको छ ।
यसै विच मानव विकास तथा सामुदायिक सेवा अन्तरगत आशा वालविकास सेवा सिविआर चौरजहारीले पनि नगरपालिका भित्रका ३५ जना अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गर्ने योजना रहेको बताएो छ ।
नगरपालिका र वडा कार्यालय संग समन्वय गरी अपांगता भएका व्यक्तिहरुका लागी खाद्यान्न,दाल,तेल, नुन,चिनि,चियापत्ती वितरण गर्ने लक्ष्य राखिएको आशा वाल विकास सेवाकि कार्यक्रम संयोजक तुलसा शर्माले जानकारी दिएकी छिन् ।

