कोरोना भर्सेज स्वास्थ्यकर्मी
उपेन्द्रलाल कामी
कोरोना बिरुद्धको लडाइँमा
अग्रमोर्चामा रहेका
सफेद युनिफर्मधारी स्वास्थ्य सेना
जीवन-मरणको लडाइँ लड्दै छन् कोरोनासंग
एक-अर्काका दुश्मन बन्दै छन् कोरोनासंग
जैविक अस्त्रबाट अाक्रमण गर्दा कोरोनाले
बौद्धिक अस्त्रबाट प्रतिकार गर्दैछन् स्वास्थ्यकर्मीले
कोरोना महामारीको महासंग्राममा
सयौं स्वास्थ्यकर्मीहरु सहिद हुदै छन्
हजारौं संक्रमित भइ अाइश्युलेशनमा जाँदै छन्
रात-दिन, हरेक क्षण
अग्रमोर्चाबाट लडिरहँदा
न खाने फुर्सद छ उनीहरुलाई
न थकाइ मार्ने समय छ शरीरलाई
लकडाउनमा करोडौं मान्छेहरु फुर्सदिला हुँदा
फेसबुक, ट्वीटरहरु चलाइ समय बिताउदा
सेवाको बहानामा भ्रष्टहरुले नाजायज फाइदा लिंदा
कोही फुर्सदिला सुकिला-मुकिला
कोही अराजक बन्दै उत्ताउला
कोही पिडाले पिरोलिएको बेला
सबै धर्मका पनि महान धर्मी
यिनै हुन् कोरोनाका दुश्मन स्वास्थ्यकर्मी !
थकित शरीर लिएर जब घर/कोठामा अाउछन्
स्वास्थ्यकर्मीसंगै टाँसिएर कोरोना अाउछ कि भनी
अाफ्नै परिवार हरेक दिन उनिदेखि डराउछन्
स्वास्थ्यकर्मीलाई हरक्षण समाजको चिन्ता
परिवारलाई लाग्ने स्वास्थ्यकर्मीको चिन्ता
अाँखा अगाडि बिरामी तड्पिएको देख्दा
मनोबल बढाउने वचनले मलहम लगाउछन्
उपचार असफल भइ मृत्यु सैयामा पुग्दा
भक्कानो थाम्दै अाफन्तलाई सान्त्वना दिन्छन्
सफल उपचार गरि घरमा फर्काउन पाउँदा
संसार जितेको झै खुसीले गद्-गद् हुन्छन्
जहाँ जतिखेर पनि ड्युटीमा खटिनु पर्ने
जाडोको समय होस् या चर्को गर्मी
यिनै हुन कोरोनाका दुश्मन स्वास्थ्यकर्मी !
अाजकाल उनीहरु
कोही बिरामी उपचारको ड्युटीमा छन्
कोही अौषधी बनाउने अनुसन्धानमा छन्
कोही मनोपरामर्श दिने सेवामा छन्
कोही क्वारेन्टाइनमा छन् त
कोही अाइश्युलेशनमा छन्
जो जहाँ छन् कामको चापमा छन्
बिरामीको अाँखाबाट चर्चामा छन्
सन्देशमुलक बिज्ञापन र पर्चामा छन्
अाफु मरेर भएपनि अरुलाई बचाउने भन्दै
कोरोना बिरुद्धको युद्ध मोर्चामा छन्
ज्ञान, बिज्ञान, क्षमतावान, अनुभवी सीपकर्मी
धन्यवाद ! कोरोनाका शत्रु भएका स्वास्थ्यकर्मी !
२०७७/०१/०८ रुकुमकोट रुकुम (पुर्व)

