रुकुमकोटको भ्युटावर ९ वर्षमा पनि बनेन !

बिक्रम परियार
चैत ५,रुकुम ।
९ वर्षमा पनि भ्यूटावर बन्न सकेको छैन् । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा २०६७ सालमा निर्माण थालिएको भ्यूटावर अझै नबनेको हो । साविकको रुकुमकोट गाविस वडा नम्बर ९ रुमालबारामा भ्युटावर निर्माणको काम थालिएको थियो ।
रुकुम पूर्वको पर्यटकीय क्षेत्र कमलदह, देउराली गुफा, रुकुमकोट, सानीभेरीको मनोरम दृष्य अबलोकनको लागि रुकुमकोटमा भ्यूटावर निर्माण थालिएको हो ।
लामो समय सम्म पनि भ्यूटावर निर्माण नहुँदा निर्माणाधिन भ्युटावर अलपत्र बनेको स्थानीयबासी जयबहादुर मल्लले जानकारी दिएका छन् । उनले भने, ‘भ्यूटावर निर्माण भई नसक्दा व्यवस्थापन पनि हुन सकेको छैन् ।’
पर्यटकीय दृष्टीले महत्वपूर्ण स्थानमा भ्यूटावर निर्माणका थालेको गरी यहाँको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको थियो । रुमालबारामा २०६७ भदौ निर्माण सुरु गरेको भ्युटावर अहिलेसम्म सम्पन्न भएको छैन् । भने प्रयोग तथा व्यवस्थापनमा कुनै निकायले ध्यान दिन सकेको छैन् ।
भ्युटावर सिस्ने गाँउपालिका–५ मा रहेको कोट मा. वि. रुमालबारामा अवस्थित छ । २०६७ सालमा सिङ्गो रुकुम हुदा जिल्ला बिकास समिति रुकुमको पहलमा नेपाल पर्यटन बोर्ड आर्थिक सहयोगमा रु.५ लाख रुपैयाके लगानीमा भ्युटावरको निर्माण कार्य थालिएको थियो ।
२०६७ सालमा निर्माण थालिएको भ्यूटावर निर्माणमा बजेट नपुगेको कारण योजना अधुरो बनेको थियो । अधुरो बनेको भ्युटावरमा अझै कसैको ध्यान नपुगेको स्थानीयले गुनासो गरेका छन् । भ्युटावर निर्माणको जिम्मा कमलदह तथा देउराली ओडार संरक्षण मञ्च नाम संस्थाले लिएको थियो ।
९ वर्ष पहिले निर्माण सुरु गरेर लथालिङ्ग अवस्थामा रहेको भ्यूटावर निर्माणको लागि स्थानीय सरकारको ध्यान नपुगेको स्थानीय शिक्षक लोकेन्द्र बुढाथोकीले जानकारी दिएका छन् । उनले भने, ‘भ्युटावरमा सिढी, रेलिङ केही पनि छैन, संरचनाहरु लथालिङ्ग अवस्थामा छ ।’ अहिले रुकुमकोट भित्र वा रुमालबारामा रहेका अधिकांश पर्यटनकीय क्षेत्रका संरचनाहरु लथालिङ्ग र अव्यवस्थित रुपमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *