साढे आठ किलो अफिम सहित दुई जना पक्राउ

बिक्रम परियार
रुकुम (पुर्ब) .।रुकुम पुर्ब भुमे गाउँपालिका वडा नम्बर ५ बालुवा भनिने ठाउबाट ८ किलो २०० ग्राम लागू औषध अफिम सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिस्ने गाँउपालिका ५ रुकुमकोट घर भई हाल भुमे ५ बालुवामा होटेल गर्दै आएका ४८ बर्षिय यज्ञबहादुर खत्री र पुथाउत्तरगंगा गाउँपालिका ८ गरालीका २६ बर्षिय जीवन भनिने शुसन बोहोरालाई असोज ८ गते प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरिएको बताईएको छ ।

विहिबार जिल्ला प्रहरी रुकुम पुर्बले पत्रकार सम्मेलन गरि घटना सार्बजनिक गरिएको छ । आरोपित दुबैजना जिल्लालाई अदालतबाट २० दिनको म्याद थपेर अनुसन्धान गरीरहेको प्रहरी सहायक निरक्षक सुशील केसीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्मकै ठुलो परिणामको आगु औषध पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *