विप्लव विद्यार्थीले गर्यो प्रश्नपत्र सार्वजनिक
रेखदेख संवाददाता ।
नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियन रुकुम पश्चिमले जिल्लाको शिक्षा क्षेत्रको सुधारको लागि संघर्षका कार्यक्रम गरिरहेको छन । जस अन्र्तगत भोली जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा प्रश्नपत्र बुझाउने विद्यार्थी सगठनले बताएका छन् । जिल्लाको शिक्षाको अवस्थालाई सुधार गर्नु किन नपर्ने ? भन्ने लगायतका २१ ओटा प्रश्न सोधिन थालेको अखिल (क्रान्तिकारी) रुकुम पश्चिमका संयोजक प्रेमप्रशान्त बोहराले बताएका छन् । उनका अनुसार आज प्रश्नपत्र सार्वजनिक र भोली जिल्ला प्रशासजन कार्यालयमा ज्ञापन पत्र सहित प्रश्न पत्र बुझाउने र अन्य सरोकारवाला निकायलाई बोधार्थ दिने जनाएको छ ।
हेरौ विप्लव निट विद्यार्थी संगठनले सोध्न थालेका प्रश्नहरु ।
न्याय ,सच्याइ ,रुपान्तरण र अग्रगमनको पर्यावाची अखिल(क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन संयुक्त रूपमा शैक्षिक बिकृती र समसामयिक अन्य एजेन्डा सहित निरन्तर आन्दोलनरत छौँ ।यस सन्दर्भमा संघर्षका कार्यक्रम अन्तर्गत आज भाद्र ३० मा प्रश्न पत्र सार्वजनिक गर्न गैरहेका छौँ।०७६ भाद्र २९ गते यस संघर्षको कार्यक्रम भए पनि ०७६ भाद्र२८ गते शनिबार र २९ गते राष्ट्रिय बाल दिवस परेको हुँदा आज सार्वजनिक गर्न गैरहेका छौँ र यस भन्दा पछाडिका सबै संघर्षका कार्यक्रम १/१ दिन पछाडि सारिएको जानकारी गराउँदै तपसिलका प्रश्न सार्वजनिक गर्छौँ र सम्बन्धित प्रश्नको जवाफ सम्बन्धित निकायलाई दिन अपिल गर्दछौँ।
१- शिक्षा नागरिकको मौलिक र नैसर्गिक अधिकार हो कि होइन ?हो भने किन हजारौं विद्यार्थी बिधालय बाहिर छन् ?यसको जिम्मेवार राज्यसत्ता हुनुपर्छ कि पर्दैन?आगामी शैक्षिकसत्र देखी बिधालय बाहिर भएका विद्यार्थीहरुको तथ्यांक संकलन गरि सबै बालबालिका /विद्यार्थीको पठनपाठनको ग्यारेन्टी गर्ने ल्याकत सरकारले राख्छ कि राख्दैन?
२- शिक्षामा निजीकरण र माफियाकरणको अन्त्य हुनुपर्छ कि पर्दैन ?निजि शैक्षिक संस्थाले प्रचलित ऐन ,कानुन,नियमावली ,निर्देशिका तथा मापदण्डको पालना गर्नुपर्छ कि पर्दैन ?पर्ने भए किन नगरेको ?नपर्ने भए कि ति संस्थाहरु राज्यसत्ताको खिलापमा छन् ?कि राजामहाराजाका हुन् ?
३- निजि शैक्षिक संस्था संचालन गर्दा मापदण्डअनुसार भौतिक संरचना हुनुपर्छ कि पर्दैन ?वातावरणमैत्री हुनुपर्छ कि पर्दैन ?पर्छ भने किन छैन ?
४- निजि शैक्षिक संस्थाको प्रत्येक बर्ष पाठ्यक्रम परिवर्तन हुन्छ कि कमिसनको निम्ति फेरिएको भन्ने हल्ला चलाइन्छ?
५ आफ्नै बिधालय बाट अनिवार्य स्टेसनरी सामग्री(कापी,कलम ,शिसाकलम,इराजर,कटर ,ड्रोइङ पेपर इत्यादि ) ,पोशाक (कमिज,पाइन्ट,बेल्ट,टाइ,जुत्ता ,गलबन्दी ,रुमाल,मोजा ,झोला इत्यादि ) खरिद गर्नुपर्ने तपाईंले शैक्षिक संस्था संचालन गर्नुभएको कि पुस्तक पसल वा फेन्सी पसल ?होस्टेल पनि सन्चालन गर्नुभएको छ ,खाजा पनि अनिवार्य खाइदिनु पर्ने रहेछ ।कि तपाईंको होटेल हो?त्यो पनि ठिकै छ तपाईंले उधोग बाणिज्य संघमा ,होटेल व्यवसायी समिति ,कर कार्यालयमा,कम्पनी रजिस्ट्रारको कार्यालय लगायत अन्य सम्बन्धित निकायमा दर्ता गर्नुभएको छ कि छैन?छैन भने तपाईंको व्यापार अवैध भएन र?
६- तपाईंले विद्यार्थी तथा अभिभावकबाट विभिन्न शिर्षकमा चर्को शुल्क असुली रहनु भएको छ ।तपाईंले त्यो अनुसारको गुणस्तर दिन सक्नुभएको छ?तपाईंले असुल्ने शुल्क मापदण्ड विपरीत देखिन्छ यसो गर्न पाइन्छ र?
७-शिक्षा ऐन २०७५ मा नितिगत रूपमै व्यवस्था गरिएको संस्थागत बिधालयले विद्यार्थीलाई आफ्नो विद्यार्थी संख्याका आधारमा (५०० सम्म विद्यार्थी हुनेले १०% ,५००-८०० हुनेले १२% र ८०० भन्दा बढी विद्यार्थी हुनेले १५% )उपलब्ध गराउनुपर्ने छात्रवृत्ति उपलब्ध किन नगराएको?गराएको हो भने विद्यार्थीको नामावली किन सार्वजनिक नगरेको ?
निजी शैक्षिक संस्थाले स्थापना कालदेखि हालसम्म छात्रवृत्ति वितरण गरेको सुची सार्वजनिक गर्न सकिन्छ ?
८-गरिबीका कारण केहि दिन ढिला शुल्क बुझाउनु पर्ने बाध्यता आइपर्दा कुनै मानवीय समवेदना समेत नराखी विद्यार्थीको पढ्न पाउनुपर्ने र पढेपछि जाँचमा सहभागी हुन पाउनुपर्ने नैसर्गिक अधिकार समेतलाई बद्ख्याई गरि विद्यार्थीलाई परिक्षामा सहभागी गराउदैनन भन्ने अभिभावकको गुणासो छ।तपाईहरुमा अलिकति पनि मानवीय भावना र समवेदना छैन है?पैसा भए सबै पुग्छ बालबालिकाको भबिस्य जे भएपनी हुन्छ नि है?
९- अभिभावक तथा विद्यार्थी बाट असुल गरेको कति % रकम शिक्षक तथा कर्मचारीलाई खर्च हुन्छ?मापदण्डमा ६०% गर्नुपर्ने हुन्छ तर किन न्युन पारिश्रमिक दिएको ?श्रमशोषण गर्नु अपराध हो कि होइन ?
१०- तपाईंको बिधालयमा अनिवार्य अंग्रेजी भाषामा अध्ययन गर्नुपर्ने बाध्यता छ कि छैन?छ भने बालबालिकाको मातृभाषामा अध्ययन गर्न पाउने नैसर्गिक र मौलिक अधिकारको हनन गर्न पाइन्न भन्ने थाहा छैन ?
११- निजि तथा आवासीय विधालयको छाता संगठन (प्याब्सन) एनप्याब्सन ,राज्य र विद्यार्थी संगठन बिच भएका सम्पुर्ण सम्झौताहरुको उल्लंघन गर्दै मनपरी ढङ्गले सम्पुर्ण कामकाज गरिरहेका छन् ।के बलिदानी,त्याग,तपस्या र समर्पण पश्चात् प्राप्त सहमति र सम्झौताको उल्लंघन गरेर तपाईहरुले अर्को बलिदानीपुर्ण आन्दोलनको निम्तो दिनुभएको हो?
१२-सामुदायिक बिधालयमा पनि भर्ना,मासिक ,परिक्षा ,पोशाक ,ट्युसन इत्यादी शिर्षकमा विद्यार्थी तथा अभिभावक बाट शुल्क असुली गरिरहेका छन् ।के शुल्क असुल्न पाइन्छ?पाइदैन भने किन असुलेको ?तपाईलाई कानुनबमोजिम कारबाही हुनुपर्छ कि पर्दैन ?
१३- सामुदायिक बिधालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षा अध्यापन गराइरहेका सामुदायिक बिधालयले बिना कुनै मापदण्ड आफुखुशी शुल्क असुल गर्न पाइन्छ?निजी प्राविधिक शिक्षालयको भन्दा महँगो शुल किन असुलेको ?तपाईहरुको बिधालयमा समान शुल्क किन छैन?मापदण्डअनुसारको प्रयोगात्मक सामग्री ,पुस्तकालयको व्यवस्थापन किन नगर्नुभएको?
१४- विद्यार्थीलाई यातायात ,स्वास्थ्य ,शिक्षा तथा मनोरञ्जनात्मक क्षेत्र र पेट्रोलियम पदर्थमा राज्यले विद्यार्थीलाई दिनुपर्ने सहुलियत दिनुपर्दैन?दिनुपर्ने भए किन नदिएको?दिनुनपर्ने भए सम्झौता किन गरेको ?सस्तो लोकप्रियताको लागि ?
१५- प्रक्रिया पुरा नगरी प्राविधिक कलेजको नाम राखी किन शैक्षिक पसल संचालन गरेको ?नियमनकारी निकायले किन संचालन गर्न दिएको?लेबल-२ पनि भन्ने (हुनत प्रक्रिया नै पुगेको छैन।) लाखौं पनि असुल्ने यसरी विद्यार्थी लुट्न पाइन्छ?
१६-सामुदायिक बिधालयमा प्रधानाध्यापक ,विव्यस र जनप्रतिनिधिको मिलोमतोमा चरम भ्रष्टाचार र अनियमितता मौलाएको छ भन्ने व्यापक जनगुणासो छ।तपाईहरुले बिधालयको तथा आफ्नो व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्नु पर्दैन ?प्रत्यक बर्ष आर्थिक लेखा परिक्षण गर्नुपर्ने होला किन नगरेको ?तपाईहरुले बिधालयलाई दुहुनो गाइ बनाएको यथार्थ हो नि है?
१७-चाडपर्व नजिकिदै गर्दा व्यापारीहरुले गुणस्तर हिन खाद्य सामाग्री विक्री गर्नुका साथै मुल्य सुची नै नराखी महंगी मच्चाउने गर्छन्। कालोबजारी तथा महँगी नियन्त्रण गरि उपभोक्तालाई त्यसको मारबाट रोक्नु राज्य र त्यसका सम्बन्धित निकायको दायित्व होइन ?
१८- आदरणीय गुरुहरु तपाईहरुको दायित्व नियमितरूपमा बिधालयमा उपस्थित हुने,नियमित पठनपाठनमा सहभागी हुने होइन ?हो भने किन उपस्थिति नहुनु भएको ?अनि यसको अनुगमन तथा नियमन गर्ने निकाय के हेरेर बसेको छ?आखिर किन त्यस्ता शिक्षकलाई कारबाही हुँदैन ?
१९- जिल्लामा विद्यार्थीलाई यौन दुर्व्यवहार भएका थुप्रै घटना सार्वजनिक हुँदा पनि किन कारबाही नगरेको ?आगामी दिनमा कारबाही हुन्छ नि है?
२०- बर्षौंसम्म बेतलबी भन्दै अर्को जागिरमा जोडिएका ,बहुविवाह गरेर फरार भएका शिक्षकलाई बर्खास्त गर्न मिल्दैन ?
२१- जिल्लाका सबै क्याम्पसमा नियमित पठनपाठन हुँदैन तर पनि विद्यार्थी बाट शुल्क असुल गरिन्छ र स्टाफहरुले तलब पनि लिन्छन् र परिक्षाको बेला चिट लिएर जान्छन्।त्यत्रो खर्च गर्नुभन्दा परिक्षा अवधिभर भत्ता दिएर तपाईहरु लाई राखे कसो होला ?सम्बन्धन दिने विश्वबिधालयले पठनपाठन भए नभएको अनुगमन किन गर्दैन ?पठनपाठन नभए सम्बन्धन खारेज गर्न कसले?र किन ?रोकेको छ?
यस्ता हजारौं प्रश्नहरूको जवाफ राज्यसत्ताका मालिकहरुले दिनुपर्ने हुन्छ।र आफुलाई विद्यार्थी आन्दोलनका हस्ती ठान्ने तर सत्ताको अगाडि लाचार हुने र उपभोक्ता समितिमा बसेर पैसा कमाउने ,NGO /INGO मा जागीर खाने,ईन्स्टिच्युट /कन्टेलजेन्सीको नाममा शिक्षामा दलाल र व्यापार गर्ने र मुद्दा /एजेन्डालाई सत्ता र पैसामा साट्नेहरुले खबरदारी गर्नुपर्ने हुन्छ।र अन्त्यमा फेरि भन्छु शिक्षा राज्यको दायित्व हो।यसलाई समान,निशुल्क,बैज्ञानिक र सर्वसुलभ बनाउने दायित्व पनि राज्यकै हो त्यो दायित्व अहिलेका फासिवादीहरुले पुरा गर्न सक्दैनन् त्यसको निम्ति बैज्ञानिक समाजवादी राज्य सत्ता जरुर चाहिन्छ।त्यसैले आनुहोस मृत्युलाई जित्ने हिम्मत गरौं श्रमजीवी जनताको राज्यसत्ता बैज्ञानिक समाजवादको स्थापना गरौं ।भावी पुस्ताले फेरि राजनीतिक परिवर्तनकै आन्दोलनमा रुल्मुलिनु नपरोस्।तपाई हाम्रै पालामा शान्ति ,समानता,स्वाधीन र समृद्ध नेपाल निर्माण गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा सामेल हौं ।

