कृषिमा अाधुनिकिकरण गरिने

कर्णवहादुर शाही
वडा अध्यक्ष
ठाँटिकाँध गाउँपालिका वडा नं. ३ दैलेख

ठाँटिकाँध गाउँपालिका वडा नं. ३ वडाअध्यक्षमा निर्वाचित भैसके पश्चात वडा नं. ३ मा गरेका काम कारवाही र अागामी चुनाैती रणानिति र समस्याका वारेमा ठाँटिकाँध गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कर्णवहादुर शाही सँग मातृभूमीकर्मीले गरेकाे कुराकानी ।

तपाँईहरु निर्वाचित भैसके पश्चात जनताले प्रत्यक्षरुपमा अनुभुति गर्ने खालका कार्यहरु के के गर्नुभयो ?
म निर्वाचित भैसकेपछि ठुल्ठुला योजनाहरु खासै केहि नभएको र ठाँटिकाँध गाउँपालिका वडा स्तरमा हुने कार्यहरु भैरहेका छन् । वडाका विभिन्न स्थानहरुमा छोटो दुरीका सडकहरु निर्माण भएका छन् । वडाको केन्द्र सम्म पुग्ने सडकको स्तर उन्नतिको कार्य भैरहेको छ । वडाको केन्द्र सम्म साना तथा ठुला सवारी साधनहरु पु¥याउने योजना रहेको छ । वडा स्तरमा रहेका आधारभुत र माध्यामिक विद्यालयका भवनहरु निर्माण गरियो । निर्माणका कार्यहरु पनि भैरहेका छन् । सुईया स्वास्थ्य चौकीको दुई कोठे भवन निर्माणका लागी आवश्यक पर्ने रकम विनियोजन गरिएको छ । यस्तै पुलवजार, मोटेला, वहाँकोट, सुकाटिया, कालिकोट सडक विस्तारका लागी सडकको सर्वे भैसकेको छ । प्रदेश सरकार, संघिय सरकार र स्थानीय सरकार सँगको सहकार्यमा विभिन्न कार्यहरु भैरहेको छ ।
आगामी दिनमा तपाँईको वडालाई समृद्ध वनाउनका लागी यहाँहरुले कस्ता खालका योजनाहरु वनाउनु भएको छ ?
वडालाई समृद्ध वनाउनका लागी कृषिको क्षेत्रमा विषेश ध्यान दिएका छौँ । कृषिलाई आधुनिकिकरण गर्दै आलु पकेट क्षेत्रको घोषणा गर्ने, अलैची र ओखर खेतीमा विषेश जोड दिने, मदानतालई पर्यटकिय क्षेत्र घोषणा गरी पर्यटन व्यवसायमा जोड दिई रोजगारीका अवसर श्रृजना गरी आर्थिक उपार्जन लगाएतका योजनाहरु वडा नं. ३ ले वनाएको छ ।
तपाँईको वडाका समृद्धिका आधारहरु के के हुन् ?
हाम्रो वडाका समृद्धिका आधारहरु भनेका पर्यटन, कृषि र यहाँको जंगल नै मुख्य आधारहरु हुन् । हाम्रो वडामा रहेको दैलेख जिल्लाकै सवै भन्दा ठुलो ताल मदानताल र संगै नजिकै रहेको नांकेगुफा अनि युद्धकला सिकाउने ठाउँलाई पर्यटन हवका रुपमा विकास गर्ने नै हुन् । यसैगरी यस क्षेत्रको डुप्का, मालझुल, भेरीपातल, तल्लो भेरीपातल र वजाय क्षेत्रमा फलफुल तथा कृषिमा आधुनिकिकरण गरि यहाँ उत्पादन हुने काउली, वन्दा, टमाटर, प्याज र सुन्तलाको वजारीकरण र निर्यात गर्ने लगाएतका योजनाहरु नै वडा समृद्धिका आधारहरु हुन् ।
तपाँईको वडामा रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रसारका लागी यहाँहरुले के कस्ता योजनाहरु वनाउनु भएको छ ?
ठाँटिकाँध गाउँपालिका वडा नं. ४ मा रहेको मदानताल, नांकेगुफा, दश वर्षे जनयुद्धताका युद्धकला सिकाईने क्षेत्र रानिवन लगाएतको प्रचार प्रसारका लागी विभिन्न ठाउँमा होर्डिङ्ग वोर्डहरु राख्ने, प्रचारप्रसारका लागी विभिन्न सञ्चारमा विज्ञापन गर्ने व्रोसर, प्रचा पम्पलेटहरु छाप्ने र यी क्षेत्रमा सहजै पुग्नका लागी पदमार्ग र सडकमार्गको विस्तार गर्ने लगाएतका योजनाहरु हामीले वनाएका छौँ ।
तपाँईको वडाको विकासका लागी मुख्य चुनौतिहरु के के हुन् र ति चुनौतिहरुको सामना कसरी गरिरहनु भएको छ ?
म भएको वडामा खासै केहि समस्या छैन । वडाको आफ्नै वडा कार्यालय पनि छ । भौगोलिक विकटताका कारण केहि समस्या त छन् । जस्तो वाटोको स्तरउन्नतीका लागी भुगोलले साथ दिएको छैन । कर्मचारीको पदपुर्ति नहुँदा केहि कठिनाई भए पनि ति कठिनाईहरुको सामना गर्दै वडापालिका अघि वढिरहेको छ । वडा कार्यालयका कर्मचारी, वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारी, अध्यक्ष र उपाध्यक्ष लगाएतको सहयोग र सहकार्यमा हामीले अहिले हाम्रा सामु आईपरेका समस्याहरुको समधान गरिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *