ओडारमुनी लुकाएको मोटरसाईकल सहित दुई युवा पक्राउ

रेखदेख संवाददाता
रुकुम पश्चिम ।
रुकुम (पश्चिम) मा  ओडार मुनी लुकाएको मोटरसाईकल सहित दुई जना युवा पक्राउ परेका छन् । मोटरसाइकल चोरीको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका ६ डाङडुङ्गेका २२ वर्षीय मुकेश रावल र १९ वर्षीय बसन्त रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
गत जेठ ९ गते राति जिल्लाको त्रिवेणी गाउँपालिका ६ माथिल्लो खाराका मनबहादुर घर्ती मगरको भे ८ प ९४१ नम्बरको मोटरसाइकल चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख सुमित खड्काले जानकारी दिएका छन् । पार्किङ गरि राखेको पल्सर मोटरसाइकल चोरी गरेर ओढारमुनी लुकाएर राखेको अवस्थामा बसन्तलाई गत १३ गते र मुकेशलाई १९ गते पक्राउ गरिएको खड्काले बताए। मोटरसाइकल हराएको जानकारी आएपछि विशेष अनुसन्धान टोलीले ओढारमुनी लुकाएको अवस्थामा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *