मोदीको सपथमा ६ हजार पाहुना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा विभिन्न देशका सरकार प्रमुखसहित ६ हजार पाहुना उपस्थित हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । दोस्रो कार्यकालका लागि मोदीले साँझ ७ः१५ बजे राष्ट्रपति भवनमा सपथ लिनेछन् ।
भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार सपथग्रहण समारोहमा नेपाल, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड, मौरिसस, किर्गिस्तानका सरकार प्रमुख सहभागी हुनेछन् । यस्तै, भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता राहुल गान्धी, सोनिया गान्धी, विभिन्न राज्यका मुख्य मन्त्री, कर्पोरेट–व्यवसायी, फिल्मस्टार गरी ६ हजार पाहुना समारोहमा उपस्थित हुने जनाइएको छ ।
मोदी भारतका १५औं प्रधानमन्त्री हुन् । उनले दोस्रो कार्यकालका लागि केही बेरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग सपथ लिँदै छन् ।

