डिग्रे शाइकुमारी सहकारीको कुल पूँजी २४ करोड

रेखदेख संवाददाता
जेठ १५, रुकुम ।
डिग्रे शाइकुमारी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । बुधबार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा रुकुम पश्चिमका क्रियाशिल पत्रकारहरु सँग छलफल गरेको छ ।
२०६३ सालमा स्थापना भएको सहकारी संस्थाले आफ्नो १४ औं बर्षमा सहकारी क्षेत्रमा गरेका क्रियाकलापहरुको जानकारी गराएको सहकारी संस्थाका अध्यक्ष वेदराज शर्मा पोखरेले जानकारी दिएका छन् । उनका अनुसार – ‘ झण्डै ५४ लाख रुपैयाँबाट शुरु गरेको सहकारी यात्राको १४ वर्षमा प्रवेश गर्दा शेयर पुँजी झण्डै ५ करोड पुगेको जनाए ।’
सहकारी संस्थाको कुल पुँजी २३ करोड ९३ लाख १ हजार २ सय ८५ रुपैयाँ रहेको जनाएको छ । यसका साथै सहकारी संस्थाको निक्षेप १४ करोड ४६ लाख ३ हजार ४ सय ७८ रुपैयाँ रहेको अध्यक्ष पोखरेले जनाए ।
सहकारी संस्थाले रुकुम पूर्वको रुकुमकोट, रुकुम पश्चिमको आठविसकोट र झुल्नेटामा शाखा स्थापना गरी जनताहरुलाई सेवा दिदै आएको सहकारी संस्थाका प्रवन्धक यज्ञबहादुर विष्टले जानकारी दिएका छन् । उनका अनुसार आगामी वर्षमा रुकुम पूर्वको तकसेरा र रुकुम पश्चिमको चौरजहारीमा शाखा कार्यालय विस्तार गर्ने सहकारी संस्थाको लक्ष्य रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *