कार्यविधी निर्माण गरी लागु गर्ने
ठाँटिकाँध गाउँपालिका दैलेखमा न्यायिक समिति गठन पश्चात न्यायिक समितले गरेका काम कारवाही र न्यायिक समितिका अागामी चुनाैती रणानिति र समस्याका वारेमा ठाँटिकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह (शाही) सँग मातृभूमीकर्मीले गरेकाे कुराकानी ।
स्थानीय तहको निर्वाचन भएर तपाँईहरु निर्वाचित भएको पनि झण्डै २१ महिना हुन थाल्यो यस विचमा यहाँको न्यायिक समितिले गरेका उल्लेखनीय कार्यहरु के के हुन् ?
ठाँटिकाँध गाउँपालिकामा रहेको न्यायिक समितिले हाल विभिन्न कार्यहरु गरिरहेको छ । जसअन्र्तगत न्यायिक कार्यविधी यसै वर्ष भित्र निर्माण गरी लागु गर्ने, न्यायिक समितिको ईजलास खडा गर्ने, यस न्यायिक समितिमा आएका उजुरीहरुमध्ये हाम्रो क्षेत्राधिकार भित्र पर्ने उजुरीहरुको निरुपण र मेलमिलापको माध्यामद्धारा किनारा लगाउने र क्षेत्राधिकार भन्दा वाहिरका मुद्धाहरुलाई जिल्ला अदालत वा माथिल्लो निकायमा जानका लागी सिफारिस गर्ने कार्यहरु ठाँटिकाँध गाउँपालिकामा रहेको न्यायिक समितिले गरिरहेको छ ।
आगामी दिनमा न्यायिक समितिलाई विश्वसनीय वनाउनका लागी कस्ता खालका योजनाहरु वनाउनु भएको छ ?
ठाँटिकाँध गाउँपालिकामा रहेको न्यायिक समितिलाई अझ विश्वसनीय वनाउनका लागी न्यायिक कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित गर्ने र सोहि कार्यविधि वमोजिम न्यायिक समितिमा आएका उजुरीको किनारा लगाउनुका साथै न्यायिक समितिको सचिवालयलाई पुर्ण वनाउने, गाउँपालिका स्तरीय मेलमिलाप केन्द्र गठन गर्ने र वडा स्तरीय न्यायिक सम्वन्धी जनचेतनामुलक कार्यक्रम गर्ने लगाएतका कार्यहरु गरेर न्यायिक समितिलाई अझै विश्वसनीय वनाउने छौँ ।
ठाँटिकाँध गाउँपालिकाको न्यायिक समितिको आफ्नै ईजलास कहिले सम्म वन्छ ?
हामीले न्याय सम्पादनका लागी यस ठाँटिकाँध गाउँपालिकाको न्यायिक समितिको आफ्नै ईजलास वनाउनका लागी हामीले हर प्रयास गरिरहेका छौँ । यसै वर्ष भित्र जसरी पनि वनाउँछौँ ।
न्यायिक समितिका मुख्य चुनौतिहरु के के हुन् र ति चुनौतिहरुको सामना कसरी गरिरहनु भएको छ ?
ठाँटिकाँध गाउँपालिकामा रहेको न्यायिक समितिका विभिन्न चुनौतिहरु छन् । जसअन्र्तगत हाम्रो क्षेत्राधिकार भन्दा वाहिरका मुद्धाहरु पनि यस न्यायिक समितिमा आउने गर्छन् । तिनलाई कसरी सहजीकरण गर्ने भन्ने छ । यस्तै न्यायिक समितिको कार्यविधि वनि नसकेकाले अदालति प्रक्रियाका मुद्धामा सिफारिस गर्न र आवश्यक सहिजीकरण गर्न, महिला तथा घरेलु हिंसा, वालविवाह तथा वहुविवाह, साँध सिमाना मिचियका मुद्धाहरुको किनारा लगाउन मुख्य चुनौतिको रुपमा देखीएका छन् । यसैगरी यि र यस्ता चुनौतिको सामना गर्नका लागी न्यायिक समितिका संयोजको रोहवरमा न्यायिक समितिका सदस्यहरु र अन्या गाउँपालिका तथा नगरपालिकाका भद्रभलाद्मी, वुद्धिजीवी, समाजसेवी व्यक्तिको रोहवरमा गहन छलफल गरी मुद्धाको निरुपण र मेलमिलाप गर्ने गरेका छौँ ।
अन्तिममा के भन्नुहुन्छ ?
न्यायिक सम्वन्धी कार्यविधि छिट्टै वन्ने छ । सोहि अनुरुप कामकारवाही अगाडी वढाउने छौँ । यसमा सवैको साथ र सहजीकरण आवश्यक छ । सोही अपेक्षा गरेका छौँ ।