तिम्रै कारणले आँखाको आँसू रित्तिए !
अँ तिमीलाई याद छ ! तिमी त साह्रै फटाहा, गफाडी र धोकेबाज रहेछौ नी है ! अहिले सम्झीदा पनि मन भक्कानिन्छ ! बर्रर आँखाबाट आँसु खसीहाल्छ । तिमी मेरो नजिक भए चिर्थौन र रुन मन छ ! तिमीले छोडेको दिन देखी रुँदा–रुँदा आखाँको आँसु रित्तिए । तिमिले दिएका दुःख पीडा भुल्न सकेको छैनन् तिमीलाई भुल्न खोज्छु, तर सम्झना आईहाल्छ । अनि आँखाबाट आँसु नै थामिदैन ? तिमीलाई कुनै सम्झने मन छैन्, तर विर्षन पनि त सकेकी छैनन् नी !

खै कहाँ बाट सुरु गरौं ! भन्ने शब्द त केही छैनन् ! . तिमी जहाँ छौ, जोसँग छौ, खुसीका साथ बस है । एउटा असल साथीको हैसिएतले यति भन्दा फरक नपर्ला ?
विश्वका मानिसहरुलाई कोरोना संक्रमणले हैरानै बनाएको छ । दिन–दिनै कोरोना संक्रमण र मृत्यूका कुरा मात्रै सुनिन्छ । तर तिमीलाई केही नहोस् । तिमी पनि सुरक्षित तरिकाले बस्नु है । धेरै भौतारिने, पहिलेजस्तै गाउँ–गाउँ डुल्ने, गफ चुट्ने र सपना बाँड्ने काम नगर्नु नी है ?
अँ तिमीलाई याद छ ! तिमी त साह्रै फटाहा, गफाडी र धोकेबाज रहेछौ नी है ! अहिले सम्झीदा पनि मन भक्कानिन्छ ! बर्रर आँखाबाट आँसु खसीहाल्छ । तिमी मेरो नजिक भए चिर्थौन र रुन मन छ ! तिमीले छोडेको दिन देखी रुँदा–रुँदा आखाँको आँसु रित्तिए । तिमिले दिएका दुःख पीडा भुल्न सकेको छैनन् तिमीलाई भुल्न खोज्छु, तर सम्झना आईहाल्छ । अनि आँखाबाट आँसु नै थामिदैन ? तिमीलाई कुनै सम्झने मन छैन्, तर विर्षन पनि त सकेकी छैनन् नी ! भुल्न खोज्छु । तर मेरो कोमल मनले मान्दै–मान्दैन, सम्झना आईहाल्छ ! अनि आँसु रोक्नु खोज्छु , तर थाहा नै नपाई खस्छ । सादय मेरो आसु जम्मा भएको भए एउटा पोखरी बन्थ्यो होला !
दोष मेरै हो । तिमी जस्तो जाली झेलीलाई विश्वास गर्ने । हुन त मलाई के था नी तिम्रो त्यो बानी । केटीहरुलाई आशा देखाउँदै मिठा–मिठा सपना बाँड्दै हिड्ने तिम्रो त्यो नक्कली मायाको नाटक ! तिमी त नाटककार रहेछौं, मलाई माया गर्छु भनि खुबै नाटक गरेका थियौं त ? खै तिम्रो माया कहाँ छ ? अहिले को सँग छौ ? अँ तिमीलाई कहिलै मेरो याद आउँछ र ? तिमीले मलाई बाँडेका सपना सम्झेर कहिलै पश्चात हुन्छ र ? हुन त तिमीलाई सम्झने फुर्सद छैन होला । केही छैनन् ।
तिम्रो साथ छुटेपछि तिम्रै यादमा तड्पिएर बाँचेको छु । म कति रात नसुतेर विते । कति छाक नखाएरै बाँचे तिमीलाई के था ? तिम्रै कारणले कति रोए । तिमिले मलाई कति आसाहरु देखाएका थियौ । तिम्रो त्यो नक्कली आश्वासनमा मैले कति आफ्ना खुसिहरु त्यागेर बसेको थिए ।
आज म रुने बाहेक केही छैन । तिमी त आफ्नो खुसीको संसारमा रमाएको छौ । त्यो पीडा मलाई कति छ कस्ले सुन्छ र ? कस्ले देख्छ र ? हरेक रात दिन टड्पेर बाँचेको छु । देख्नेले त भन्छन त कति खुशी छ्स है भनेर । तर त्यो के थाहा उनीहरुलाई छातिमाथि ढुंगा राखेर हास्नुको पीडा । पीडा लुकाएर बाँचेको छु । अब अन्त्यमा तिमिले मलाई झुक्याए जस्तै अरुलाई यस्तो नबनाउ है ! उनी हरुको नि मन हो दुख्न सक्छ । अरुलाई आँसुमा रमाउन नखोज्नु तिम्रो उज्वल भविष्यको कामना । – उही तिम्रो साथी उजेली

