पूर्व एमाले र माओवादीको विवादका कारण विद्यालय बन्द

विक्रम परियार ।
रुकुम पुर्बको सिस्ने गाँउपालिका वडा नं ३ मा पूर्व एमाले र पूर्व माओवादी बीच विवाद भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने क्रममा विवाद भएपछि एक पक्षले विद्यालयमा तालावन्दी नै गरेको छ ।
पूर्व एमालेका कार्यतर्काले पोखराको त्रि . ज . मा.वि.मा असोज २ गते ताला लगाएको जनाएको छ ।
उक्त विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन भइसकेपछि पुर्ब एमालेका उम्मेदवारीहरुको असहमतका कारण विद्यालयमा ताला लागिएको बताइएको छ । बिद्यालय राजनिती विवादमा मुछिदा स्कुलमा पढाई पूर्ण रुपमा वन्द भएको छ ।
बि . ब्य . स . अध्यक्षको लागि एमालेका जनक के.सी., पुर्बमाओवादी केन्द्रको तर्फबाट नन्दराम लामिछाने र काँग्रेसका तर्फबाट जयराम खड्काहरुको उम्मेदवारी रहेको थियो । अध्यक्षमा कांग्रेसका जयराम खड्काले पूर्व माओवादीका नन्दराम लामिछानेलाई समर्थनमा गरेपछि पूर्व एमाले पक्ष विवादमा उत्रिएको हो ।
ताला खुलाउन माग
चार दिन देखी लागेको ताला खोली पठन पाठन सुचारु गर्न विद्यार्थीहरुले माग गरेका छन् । आईतबार विद्यालयमा पुगेका विद्यार्थीहरुले विद्यालयमा लगाएको ताला खोल्न माग राख्दै विरोध समेत विद्यार्थी हरिकृष्ण केसीले जानकारी दिएका छन् ।
विद्यालयमा भएको विवादलाई छिट्टै टुंग्याएर पठन पाठन सुचारु गर्ने वडा नं. ३ का वडाध्यक्ष पसुपति खड्काले जानकारी दिएका छन् । यस विषयमा विद्यालयका प्रधानाध्यपाक कलु खड्कालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *