कतै जनार्दन शर्मा पनि भीम रावलजस्तै गुमनाम बन्नुपर्ने हो कि ?
सोमबहादुर थापा ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र जनार्दन शर्माद्वारा प्रस्तुत नेतृत्व परिवर्तन, हस्तान्तरण र औचित्यसम्बन्धी प्रस्तावमा सनसनीपूर्ण बहस भइरहेको देखिन्छ । लोकतन्त्रमा यसलाई सहजरूपमा लिइनुपर्ने हो तर माओवादीभित्र यसलाई सहजरूपमा लिएको पाइँदैन ।
किनभने माओवादी कम्युनिस्ट पार्टी हो । यसैले माओवादीलाई लोकतान्त्रिक पार्टी मानिदैन । यस्ता पार्टीका सबैजसो गतिविधि र निर्णयहरू अपारदर्शी हुनेगर्छन् । सबै निर्णयमा नेतृत्वकै मुख्य भूमिका हुन्छ । अर्को कुरा, माओवादीजस्तो कट्टर कम्युनिस्ट पार्टीमा अरू पार्टीमा झैँ सहजरूपमा नेतृत्व परिवर्तन र हस्तान्तरण हुनेगरेको पाइँदैन ।
चीनमा अध्यक्ष माओत्से तुङ जीवित रहेसम्म देङ्ग सियायो पिङ नेतृत्वमा आउन त सकेनन् नै गुमनाम बनाइए । माओको मृत्युपछि बल्ल देङ नेतृत्वमा आए । क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोले चाहुन्जेल अरू कसैले नेतृत्व खोज्ने आँट गरेनन् । उनीपछि उनकै भाइ उत्तराधिकारी बने ।
सोभियत रुसमा नेतृत्व हस्तान्तरण कहिल्यै सहजरूपमा भएन । उत्तर कोरियामा त नेतृत्व वंशानुगत बनेको उदाहरणै छ । कम्युनिस्ट र निरंकुश शासनमा नेतृत्व परिवर्तन र हस्तान्तरण सहजरूपमा हुनेगरेको देखिँदैन । कम्युनिस्ट पार्टी र निरंकुश शासनमा त नेतृत्व परिवर्तन वा हस्तान्तरणका सबाल उठाउनुमात्र पनि अपराध मानिने गरेको देखिन्छ ।
पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी पार्टीको नेतृत्वमा बसेको पैँतीस वर्षभन्दा बढी भइसकेको छ । नेपाल मजदूर किसान पार्टीबाहेक नेपालका अरू पार्टीमा यति लामो समयसम्म नेतृत्वमा रहने नेता कोही भेटिँदैन । बीपी कोइरालाले आफू सक्रिय हुँदैमा कृष्णप्रसाद भट्टराई पार्टीको नेतृत्व हस्तान्तरण गरेका थिए । गणेशमान सिंह त पार्टीको नेतृत्वमै पुगेनन् । कृष्णप्रसाद भट्टराईले महाधिवेशनमार्फत् कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालामा हस्तान्तरण गरेका थिए ।
कोइरालापछि सुशील कोइराला हुँदै सभापति शेरबहादुर देउवा पनि प्रतिस्पर्धाबाटै नेतृत्व पुगेका हुन् । नेपाली कांग्रेसको विधानअनुसार पार्टी सभापति दुई पटकभन्दा बढी समय हुन नपाउने व्यवस्थाअनुसार अब नेपाली कांग्रेसको नेतृत्व अर्को व्यक्तिमा जानेछ ।
यसका लागि नेपाली कांग्रेसभित्र ठूलो दौडधुप भइरहेको चर्चा पनि चलिरहेको छ । माओवादीमा जस्तो नेपाली कांग्रेसमा नेतृत्वको परिवर्तन र हस्तान्तरणको कुरा गर्दा कर्के नजर लगाउने चलन पाइँदैन । कांग्रेसको नेतृत्व परिर्तनको मूल अभ्यास नै प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने हो ।
यता, नेकपा ९एमाले०मा मदन भण्डारीको अस्वाभाविक मृत्युपछि माधवकुमार नेपाल लामो समयसम्म महासचिव रहे । त्यसपछि झलनाथ खनाल हुँदै केपी शर्मा ओली पार्टी अध्यक्ष बनेका छन् चुनावी प्रतिस्पर्धाकै आधारमा ।
एमाले माओवादीजस्तो ुहार्डलाइनरु पार्टी नभए पनि कहिले काँही नेतृत्व परिवर्तन र हस्तान्तरणमा यसले कडा रूप अख्तियार गरेको पाइन्छ । हालका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न उत्रिएका भीम रावल अहिले गुमनाम छन् ।
शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला पार्टीमा सशक्त देखिनु र भीम रावल गुमनाम हुनुमा लोकतान्त्रिक कारण अन्तर्निनिहत हो कि भन्ने देखाउँछ । माओवादीमा पनि नेतृत्वसँग असन्तुष्ट जनार्दन शर्माले भीम रावलजस्तै गुमनाम बन्नुपर्ने हो कि रु कम्युनिस्टमा चुनौती दिनेलाई किनारै लगाउने प्रवृत्ति देखिन्छ ।
समयमै नेतृत्व परिवर्तन र हस्तान्तरण भएन भने कुनै पनि पार्टीमा नेतृत्व संकट आउन सक्छ । माओवादीमा दाहालपछि नेतृत्वमा को आउलान् रु अन्योलै छ । एमालेमा पनि केपी शर्मा ओलीपछि नेतृत्वमा को रु प्रश्न अनेक कोणबाट उठेकै छन् । कांग्रेसमा पनि दूरदर्शी नेताको अभाव खट्किँदै गएको टीकाटिप्पणी बढेकै छ ।
अर्को कुरा, आफ्नो पार्टीको नेता बन्दैमा कोही पनि देशको नेता नेता बन्न सक्तैन । भारतकै उदाहरण लिने हो भने राहुल गान्धीलाई यो अवस्थामा पुग्न धेरै मेहनत गर्नुपरेको थियो । अझै उनमा परिपक्वता आइसकेको छैन भन्ने गरिन्छ । नेतृत्वमा पुग्नेलाई अरू पार्टीका नेता र जनसाधारणले पनि पत्याउन आवश्यक हुन्छ ।
नेताले जनतालाई पनि विश्वासमा लिन सक्नुपर्छ । अब त कुनै पनि पार्टीको नेतालाई अन्तर्राष्ट्रिय समुदायले पनि मान्ने हैसियत राख्न सक्नुपर्छ । यसका लागि नेताले धेरै किसिमका सीप, योग्यता, दक्षता, कला र विशेषता हासिल गर्नु आवश्यक हुन्छ ।
यो जमानामा लोकतान्त्रिक नेता नभईकन कसैले पनि पत्याउँदैन । जनादर्न शर्माले अध्यक्ष दाहाललाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट पार्टी सञ्चालन गर्न र नेतृत्वमा आउन चुनौती दिएको देखिन्छ । साथै, पार्टी संगठन ध्वस्त बनाएको र जनमत घटेको उदाहरण पनि उनले पेस गरेका छन् । राजनीतिमा पार्टी संगठन कमजोर हुनु र जनमत घट्नुलाई गम्भीररूपमा लिने चलन संसारभर नै छ ।
पार्टी संगठनको हिसाबले हेर्दा कांग्रेसभन्दा एमाले अगाडि देखिन्छ । तर, पनि जनाधारित ९मासबेस्ड० पार्टी भएकाले कांग्रेसले जनताको राम्रो समर्थन र भोट पाइरहेको देखिन्छ । अब भने सायद कांग्रेसलाई संगठन दह्रो र फराकिलो नबनाई सुख छैन ।
नेतृत्व परिवर्तन वा हतान्तरण नियमितरूपमा चलिरहने प्रक्रिया हो । नेतृत्व राजनीतिक क्षेत्रका लागि मात्रै आवश्यक सबै क्षेत्रका लागि आवश्यक हुन्छ तर राजनीतिक क्षेत्रमा नेतृत्वको चर्चा र महत्त्व बढी हुने गर्छ । तसर्थ, नेतृत्व परिवर्तन र हस्तान्तरण भन्नासाथ राजनीतिक नेतृत्व परिवर्तन र हस्तान्तरण भन्ने बुझिन्छ ।
नेतृत्व परिवर्तन र हस्तान्तरण सामान्यतः तीन किसिमले हुने गरेको देखिन्छ । पहिलो तरिका चुनावमार्फत नेतृत्व चयन वा हस्तान्तरण, दोस्रो कु वा विद्रोहद्वारा र तेस्रो नेताको मृत्यु भएमा । पहिलो तरिकालाई अधिकांश लोकतान्त्रिक मुलुकमा अभ्यास गर्ने गरिएको देखिन्छ ।
लोकतान्त्रिक पार्टीमा नेतृत्व परिवर्तन हस्तान्तरणलाई स्वाभाविकरूपमा लिने गरिन्छ । लोकतान्त्रिक मुलुकहरूमा त चुनावमार्फत नेतृत्व परिवर्तन र हस्तान्तरण हुने गर्छ । यसलाई सामान्यतः लोकतान्त्रिक अभ्यास भन्ने गरिन्छ । यो अभ्यास सबैका लागि स्वीकार्य पनि हुन जान्छ ।
कतिपय लोकतान्त्रिक मुलुकहरूमा पनि नेतृत्व परिवर्तन र हस्तान्तरण सहजरूपमा हुनेगरेको पाइँदैन । लोकतान्त्रिक आवरणभित्र अलोकतान्त्रिक भावनाले काम गरेको कारण यस्तो हुनेगरेको हो ।
संयुक्त राज्य अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै थिए । एक्कासि उनले उमेदवारी त्यागेर उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उमेदवार बनाउने घोषणा गरे ।
वास्तवमा भन्ने हो भने राष्ट्रपति वाइडेनलाई नेतृत्व छाड्नै पर्छ भनेर दबाब दिने ठूला नेता कोही थिएनन् । तर, उनले विवेकले नै यो उमेदवारी छाडे । यसलाई विश्वको लोकतान्त्रिक अभ्यासको एउटा नमुना नै मान्नुपर्ने हुन्छ । सबैले उनलाई महान नेता भन्न थालेका छन् । चुनाव लडेर पराजित हुनुपरेको भए जो बाइडेनले यस्तो सम्मान पाउने थिएनन् ।
भारतमा सन् २०२४ को संसदीय चुनाव हुनु अघिसम्म प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अनुकूल व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्छन् कि भन्ने अनुमान पनि गरिएको थियो । तर, उनले यसो गरेनन् । सम्भवतः यो पाँच वर्षपछि उनले नेतृत्व सहजरूपमा हस्तान्तरण गर्नेछन् ।
बेलायतमा संसदीय चुनावमा प्रचण्ड बहुमत ल्याएका तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले पाँच वर्षे कार्यकाल पूरा नहुँदै नेतृत्व हस्तान्तरण गरे । उनीपछि प्रधानमन्त्री भएकी लिज ट्रसले पनि अत्यन्त छोटो समयमा अर्का नेता ऋषि सुनकलाई नेतृत्व हस्तान्तरण गरिन् । चुनावमा पार्टीले हारेकाले सम्भवतः ऋषि सुनकले पनि छिटै नेतृत्व हस्तान्तरण गर्दैछन् ।
एकपटक कार्यकारी पदमा चुनिनासाथ निरंकुश, भ्रष्टाचारी र शोषण दमनमा लागे, त्यस्ता नेतालाई जनताले तत्कालै सडकमा झार्न सक्छन भन्ने उदाहरण हालै बंगलादेशमा विद्यार्थीहरूले देखाएका छन् । विद्यार्थीहरूकै विरोधका कारण प्रधानमन्त्री शेख हसिना वाजेद देश छाड्न बाध्य भइन् । यसरी नै डेढ वर्षअगाडि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्छे पनि जनताको विरोधका कारण देश छाडी बाहिर जान बाध्य भएका थिए । यी उदाहरणले पनि नेता बन्ने मानिसले धेरै कुरा सोच्नुपर्ने रहेछ भन्ने स्पष्ट हुन्छ ।
नेपालमा अहिले कुनै दलका नेताप्रति जनताको विश्वास र भरोसा जाग्न सकेको देखिँदैन । यस्तो स्थिति रहिरहेमा बंगलादेश र श्रीलंकामा झैँ नेपालमा पनि विरोधको बाढी आउन सक्छ । यसतर्फ सबै पार्टीका नेताहरूको ध्यान जान जरुरी देखिन्छ । (लेखक संसद् सचिवालयका पूर्वसचिव हुन् ) साभारः बाह्रखरी डटकमबाट